गिद्धको गणना आजदेखि

काठमाडौं : अन्तर्राष्ट्रिय गिद्ध सचेतना दिवस नेपालमा विभिन्न स्थानमा गिद्ध गणना र संरक्षण अभियानका साथ मनाइँदैछ ।

नेपालसहित दक्षिण एसियामा गिद्धको सङ्ख्या तीव्र रूपमा लोपहुँदै गएपछि सन् २००९ देखि गिद्ध संरक्षणका लागि यो अभियान सुरु भएको हो ।

गिद्ध प्रकृतिलाई सफा राख्ने मानवको मित्र पक्षी हो । वातावरण र मानव स्वास्थ्यलाई हानि हुने सिनो र फोहोर खाएर प्राकृतिक वातावरण स्वच्छ राख्ने गर्छ ।

आईयूसीएन अर्थात् प्रकृति संरक्षणका लागि अन्तर्राष्ट्रिय सङ्घमा सूचीकृतमध्ये नेपालमा पाइने पाँच प्रजातिका गिद्ध अति सङ्कटापन्नमा सूचीकृत छन् । जसमा डङ्गर गिद्ध, खैरो गिद्ध, लामो ठुँडे गिद्ध, सुन गिद्ध र सेतो गिद्ध रहेका छन् ।

अन्य तीनवटा गिद्ध खतराको नजिकको सूचीमा रहेका छन् । जसमा हिमाली गिद्ध, राज गिद्ध र हाडफोर गिद्ध रहेका छन् ।

सन् १९९० तिरबाट नेपालमा गिद्धको सङ्ख्या तीव्र रूपमा घट्दै गएकोमा सन् २००० आसपास आइपुग्दा भएकामध्ये करिब ९५ प्रतिशत गिद्ध घटेको पाइएको पक्षीविद् डा। तुलसी सुवेदीले जानकारी दिनुभयो ।

उहाँका अनुसार कुनै गिद्धको सङ्ख्या ९९ प्रतिशतसम्म घट्न पुगेको थियो । त्यसअघि नेपालमा मात्र पाँच लाखको सङ्ख्यामा गिद्ध पाइन्थ्यो ।

यसरी अचानक ठूलो सङ्ख्यामा गिद्धको सङ्ख्या घट्नुमा पशु उपचारमा प्रयोग हुने डाइक्लोफेनेक औषधि प्रमुख कारक रहेको पाइएपछि सन् २००६ देखि त्यो औषधि नेपालमा प्रतिबन्ध लगाइएको छ तर लुकिछिपी त्यस्तै खालका औषधि पशुमा प्रयोग हुँदा गिद्ध मर्ने क्रम रोकिएको छैन ।

केही दिन अघिमात्र नवलपरासीमा ६९ वटा गिद्ध एकै ठाउँमा मरेको पाइएको थियो । ती गिद्धले औषधि प्रयोग गरेर मारिएको कुकुरको सिनो खाएकाले मरेको पाइएको उहाँले बताउनुभयो । संरक्षणकारी उपाय अपनाउँदा अपनाउँदै पनि अहिले नेपालमा १० हजार हाराहारीमात्र गिद्ध पाइन्छ ।

नौ प्रजातिका गिद्धमध्ये सानो खैरो गिद्धको सङ्ख्या त मात्र ५० वटा रहेको छ । गिद्ध संरक्षणलाई थप प्रभावकारी बनाउनकै लागि शनिबारदेखि नवलपरासीसहित देशका विभिन्न स्थानमा यसको गणना गरिँदैछ ।

नेपालमा पहिलो पटक २०६५ सालमा गिद्ध गणना भएको थियो । यस गणनाले गिद्धको वैज्ञानिक सङ्ख्या पत्ता लगाउनेभन्दा पनि संरक्षणका लागि जनचेतना फैलाउने उद्देश्य बोकेको छ । पक्षी संरक्षण सङ्घ, हिमाली प्रकृति सङ्घ, नेपाल पक्षीविद् सङ्घलगायतको सक्रियतामा गणना हुन लागेको हो ।, यो समाचार गोरखापत्र दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top