राजमार्गमा विमान कार्यक्रम अध्ययनमै सीमित

काठमाडौँ : मुलुकका राजमार्गमा आपत्कालीन अवस्थामा विमान अवतरण गराउने र उडान गर्नसकिने सरकारको महत्त्वकाङ्क्षी कार्यक्रम अध्ययनमै सीमित भएको छ । यससम्बन्धी अध्ययन प्रतिवेदन सडक विभागको दराजमा थन्किएको छ ।

सरकारको नीति तथा कार्यक्रम र बजेटमा समेत समावेश गरिएको यो कार्यक्रम अध्ययनमै सीमित रहेको हो । अध्ययनले मुलुकका विभिन्न राजमार्गका उपयुक्त खण्डहरूलाई आपत्कालीन विमान उडान र अवतरण गर्नसक्ने धावन मार्गका रूपमा विस्तार गर्न सम्भव रहेको देखाएको थियो ।

आर्थिक वर्ष ०७६/७७ को नीति तथा कार्यक्रममा ‘राष्ट्रिय राजमार्गका उपयुक्त खण्डहरूलाई आपत्कालीन विमान उडान र अवतरण गर्नसक्ने धावन मार्गका रूपमा विस्तार गरिनेछ भनेर समावेश गरिएको थियो । सो वर्षको बजेट वक्तव्यपछि सरकारले यसबारे अध्ययन गर्न सडक विभागलाई निर्देशनसमेत दिएको थियो ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सहसचिव तथा प्रवक्ता केशवकुमार शर्मा सरकारको निर्देशनपछि सडक विभागले गरेको अध्ययनबाट विभिन्न राजमार्गका उपयुक्त खण्डलाई आपत्कालीन विमान उडान र अवतरण गर्नसक्ने धावन मार्गका रूपमा विस्तार गर्नसकिने सम्भावना देखिएको बताउनुुहुन्छ तर यो योजना अगाडि बढ्न नसकेको जानकारी उहाँले दिनुभयो ।

सडक विभागले आर्थिक वर्ष ०७६र७७ मा सो अध्ययन गरेको थियो । अध्ययन गरिएको दुई वर्ष बितिसके पनि नेपालको परिवेशमा एकदमै नयाँ मानिएको योे कार्यक्रम अगाडि बढ्न सकेको छैन ।

सडक विभागले गरेको अध्ययन प्रतिवेदनअनुसार जनकपुर–जटही, वीरगञ्ज–पथलैया, पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ, नेपालगञ्ज–कोहलपुर र बेलहिया–बुटवल सडक खण्डका ‘मेडियन’ हटाएर र छेउछाउका रुख काटेर आपत्कालीन धावन मार्गका रूपमा विस्तार गर्नसकिने सम्भावना देखिइएको छ ।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top