कर्जा बढ्दै, निक्षेप घट्दै

२० भदौ, काठमाडौं ।

Advertisement

कर्जा प्रवाह बढाउँदै गएका ‘ख’ वर्गका विकास बैङ्कहरूको निक्षेप सङ्कलन घटेको छ ।

पछिल्लो एक साताको अवधिमा चार खर्ब २९ अर्ब ३४ करोड ७२ लाख रुपियाँ कर्जा परिचालन गरेका विकास बैङ्कहरूको सोही अवधिमा निक्षेप सङ्कलन भने दुई अर्ब २३ करोड ६० लाख रुपियाँले घटेको छ ।

Advertisement

भदौ ११ गतेसम्म विकास बैङ्कहरूले चार खर्ब २९ अर्ब ३४ करोड ७२ लाख रुपियाँ कर्जा परिचालन गरेका छन् । एक साताको अवधिमा विकास बैङ्कहरूको कर्जामा ०.५७ प्रतिशतले सुधार देखिएको हो ।

जुन भदौ ५ गतेको तुलनामा दुई अर्ब ४४ करोड ८६ लाख रुपियाँले धेरै हो । भदौ ५ गतेसम्म चार खर्ब २६ अर्ब ८९ करोड ८५ लाख रुपियाँ कर्जा प्रवाह विकास बैङ्कहरूबाट भएको थियो ।

Advertisement

राष्ट्रिय तथा क्षेत्रीयस्तरका विकास बैङ्कहरूमा कर्जाको माग बढिरहँदा निक्षेप भने घट्दो क्रममा देखिएको हो । एक सातामा १५ वटा विकास बैङ्कबाट दुई अर्ब २३ करोड ६० लाख रुपियाँ निक्षेप घटेको छ ।

गत भदौ ५ सम्म विकास बैङ्कहरूको निक्षेप चार खर्ब ८९ अर्ब ३७ करोड ७२ लाख रुपियाँ रहेकामा भदौ ११ सम्ममा चार खर्ब ८७ अर्ब १४ करोड ११ लाख रुपियाँमा झरेको छ । एक सातामा विकास बैङ्कहरूको निक्षेप ०.४६ प्रतिशत अर्थात् दुई अर्ब २३ करोड ६० लाख रुपियाँले घटेको हो ।

डेभलपमेन्ट बैङ्कर एसोसिएसन नेपालका अनुसार यस अवधिमा राष्ट्रियस्तरका विकास बैङ्कहरूको एक अर्ब ७३ करोड ३० लाख तथा क्षेत्रीयस्तरका विकास बैङ्कहरूको ५० करोड ३० लाखले निक्षेप घटेको हो ।

राष्ट्रियस्तरका विकास बैङ्कहरूको निक्षेप ०.४२ प्रतिशत तथा क्षेत्रीयस्तरका विकास बैङ्कको निक्षेप ०.६९ प्रतिशतले गिरावट आएको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top