प्रदेश सरकारद्धारा खेलकुद विधेयकको मस्यौदामाथि सुझाव संकलन

विराटनगर, असार २८
एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले खेलकुद विधेयकको मस्यौदामाथि आज सरोकारवालाहरुसंग सुझाव संकलन गरेको छ । शिक्षा, स्वास्थ्य, खेलकुदलगायतको जिम्मेवारी पाएको सामाजिक मन्त्रालयले प्रदेश खेलकुद विधेयक २०७५ को मस्यौदा तयारी गरिरहेको छ ।

सुझाव संकलन कार्यक्रममा बोल्दै सामाजिक विकासमन्त्री जीवन घिमिरेले मन्त्रालयको कार्यक्षेत्र धेरै भएको र आफुहरु सबै क्षेत्रमा विज्ञ नभएका कारण सरोकारवालाहरुको सुझाव संकलन गरि मस्यौदा तयार पार्ने कार्य गरिरहेको जानकारी दिए ।

उनले मन्त्रालयले तयार पारेको मस्यौदाले पछि कानुनको रुप लिने हुँदा यसलाई उत्कृष्ट बनाउन सबै सरोकारवालाहरुलाई आग्रह गरे । सबै क्षेत्रमा अब्बल एक नम्बर प्रदेशलाई खेलकुदको क्षेत्रमा पनि अब्बल बनाउन त्यसैअनुसारको कानुन, नीति निर्माण गरिनुपर्ने उनले बताए ।

Advertisement

राष्ट्रियस्तरमा मात्रै नभएर अन्तराष्ट्रियस्तरमा नै एक नम्बर प्रदेशलाई चिनाउन खेल क्षेत्रलाई दरिलो आधार बनाइने उनले बताए । मन्त्रालयले सरोकारवाला निकाय क्षेत्रीय खेलकुद विकास समिति, जिल्ला खेलकुद विकास समिति लगायत विभिन्न खेलका खेलाडी तथा प्रशिक्षकहरुसँग सुझाव संकलन गरेको हो ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top