नख्खु कारागारमा कैदीबन्दी र नाइकेबीच हानाहान

नख्खु कारागारमा कैदीबन्दी र नाइकेबीच हानाहान

२० भदौ, काठमाडौं ।

ललितपुरको नख्खु कारागारमा कैदीबन्दीबीच झडप भएको छ । आइतबार दिउँसो कारागारको सिआरसी ब्लकमा रहेका कैदीबन्दी र नाइकेबीच हानाहान भएको हो ।

नाइकेले होटेलको खानेकुराको मूल्यदर बढाएको भन्दै निस्केको विवादमा कैदीबन्दी र नाइकेबीच हानाहान भएको कारागार स्रोतले बतायो।

झडपका क्रममा केही कैदी घाइते भएको प्रहरीले जनाएको छ। झडप नियन्त्रणमा लिन ललितपुर प्रहरीले जावलाखेलको प्रहरी टोली खटाएको थियो ।

अहिले विवाद समाधानका लागि कारागार प्रशासन, प्रहरी र कैदीबन्दीबीच छलफल भइरहेको एक उच्च अधिकृतले जानकारी दिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.