संयोजक पाण्डेले भने : विवेकशील आन्दोलनलाई ‘थाङ्ना’मा सुताउने अधिकार कसैलाई छैन

२० भदौ, काठमाडौं ।

Advertisement

विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले पार्टी नेतृत्वहरुलाई जिम्मेवार बन्न अपिल गर्दै पार्टीको उत्पन्न गतिरोध अन्त्य गरेर पार्टी एकीकरण जोगाउन अग्रसरता लिन अनुरोध गरेका छन् ।

आइतबार प्रेस विज्ञप्ति जारी गर्दै उनले विवेकशील साझाले वैकल्पिक राजनीतिको मूल बाटो बिराउन नहुने तर्क गरेका छन् । उनले प्रेस विज्ञप्तिमा भनेका छन्, ‘विवेकशील साझा पार्टी विभिन्न आरोह अवरोह पार गर्दै, हजारौँ पार्टी सदस्यहरूको मेहनत, परिश्रमबाट लाखौँ नागरिकको आशा अनि अपेक्षा सँगाल्दै यहाँसम्म आइपुगेको छ। यसका निम्ति म सबै प्रति धन्यवाद दिन चाहन्छु र हाल पार्टीमा उत्पन्न घटनाक्रमका निम्ति म आफ्नो हिस्साको नैतिक जिम्मेवारी लिँदै आम नागरिक, सदस्य, शुभचिन्तकहरूसँग माफी माग्न चाहन्छु।’

Advertisement

उनले विवेकशील साझा पार्टी मूलभूत रूपमा युवा, महिला, सीमान्तकृत र अल्पसङ्ख्यक तप्काको प्रतिनिधित्व गर्दै आशाको अनि सम्भावनाको राजनीति गर्ने ‘प्रोग्रेसिभ’ पार्टी भएको जनाएका छन् ।

उनले नयाँ पुस्ताको पार्टी भएको बताउँदै विवेकशील साझाले उठाउने मुद्दा र गर्ने अभ्यास नेपाली राजनीतिका निम्ति नविनतम् र सिर्जनात्मक रहेको बताएका छन् ।

Advertisement

अहिले पार्टीमा देखिएको विचारको भिन्नताले चिन्तित बनाएको उल्लेख गरेका छन् । प्रेस विज्ञप्तिमा लेखेका छन्, ‘केही समय अघि हाम्रो पार्टीमा आधारभूत विचारमा भिन्नता देखापर्यो।

पार्टीकै मुख्य नेताहरूबिच आएको यो विचारको भिन्नताले हामीलाई चिन्तित बनाएको छ। पार्टीभित्र अन्यौलता देखा परेको छ। चिन्ताको अर्को विषय, पार्टीको विधान कार्यदलले सर्वसम्मत ढङ्गले बनाएको विधान पाँच महिनासम्म केन्द्रीय समितिमा ल्याउन रोकिएको छ। पार्टी अध्यक्षले एकीकरणको सम्झौता विपरीत उहाँकै भाषामा ‘मार्ग परिवर्तन’ गर्नुभएको छ।’

उनले अध्यक्ष र संयोजकको सहमतिमा बैठकको एजेन्डा तय गर्ने र बैठक आह्वान गर्ने संयुक्त अधिकार जुन पार्टी विधानको दफा २० (१०), एकीकरणको सम्झौता पत्र र २०७७ साल मंगसिर २४ गतेको केन्द्रीय कमिटीको निर्णयमा स्पष्ट लेखिएको छ, त्यसको विपरीत गई, हुँदै नभएको अधिकार प्रयोग गरेर रवीन्द्रजीले एकल रुपमा केन्द्रीय समिति र सचिवालयको अवैधानिक बैठक बोलाएको र विधान र सम्झौता पत्रलाई च्यातेर धुजा धुजा बनाएको आरोप समेत लगाएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top