हृदयेश त्रिपाठी स्वतन्त्र सांसद !

२० भदौ, काठमाडौं ।

Advertisement

एमालेको चुनाव चिन्ह सूर्य लिएर नवलपरासी १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हृदयेश त्रिपाठी स्वतन्त्र सांसदको सूचीमा परेका छन् ।

संघीय संसद सचिवालयको आधिकारिक वेबसाइटमा प्रतिनिधिसभा सदस्यहरूको विवरणमा त्रिपाठी स्वतन्त्र सांसदको सूचीमा परेका हुन् ।

Advertisement

स्वतन्त्र सांसदको पहिलो नम्बरमा छक्कबहादुर लामा र दोस्रो नम्बरमा त्रिपाठीलाई राखिएको छ ।

यसबारे संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले अनभिज्ञता देखाए । ‘उहाँ(हृदयेश त्रिपाठी) स्वतन्त्र सांसदको सूचीमा हुनुहुन्छ र’, प्रतिप्रश्न गर्दै प्रवक्ता पाण्डेले भने, ‘यसबारेमा बुझ्छु ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top