×

NEPAL TIMES UPDATES

Playing
अन्तरजातीय प्रेम विवाह, बालविवाहको मुद्दामा हिरासतभित्रै मृ त्यु || Nepal Times
Apr 24, 2026
Playing
निजामती विधेयकमा ५० नयाँ व्यवस्था,ट्रेड युनियन खारेज || Nepal Times
Apr 24, 2026
Playing
फेरि पूर्वमन्त्री प क्राउ, राप्रपा उपाध्यक्ष विक्रम पाण्डे नियन्त्रणमा || Nepal Times
Apr 24, 2026
Playing
रवि र सुधनको गृहमन्त्रीको कार्यकाल, फरक समय तर उस्तै नियति || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासीका लागि बोले बालेन: डुबानबाट जोगाउन व्यवस्थापन || Nepal Times
Apr 24, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-11-2083 || Nepal Times
Apr 24, 2026
Playing
सुकुम्बासी उठाउनेदेखि बसोबास र उपचारसम्म, मन्त्रीस्तरीय ११ निर्णय || Nepal Times
Apr 24, 2026
Playing
विमानस्थलका लाइन र रित्तो गाउँःपुनर्जीवन दिने बालेनको ’कमान्ड’ || Nepal Times
Apr 24, 2026
Playing
नक्कली र सक्कली सुकुम्बासी नछुट्याई किन चल्दैछ डोजर ? || Nepal Times
Apr 24, 2026
Playing
ट्रम्पले अब ७ दिनमात्र जारी राख्न पाउँछन् इरान युद्ध, त्यसपछि के हुन्छ ? || Nepal Times
Apr 24, 2026

सरकार स्पष्ट अल्पमतमा, ‘पर्ख र हेर’ मा मुख्यमन्त्री शाक्य

२१ भाद्र २०७८

हेटौंडा : स्पष्ट अल्पमतमा परे पनि वागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य ‘पर्ख र हेर’ को नीतिमा रहनुभएको छ । प्रदेश सरकारको नेतृत्व सम्हालेको एक सातामा अल्पमतमा पर्नुभएकी शाक्य कसरी अगाडि बढ्ने भन्नेबारे ‘पर्ख र हेर’ को अवस्थामा रहनुभएको हो ।

जिल्ला समन्वय समिति मकवानपुरको वार्षिक समीक्षामा शाक्यले आइतबार सञ्चारकर्मीसँग प्रदेशमा आधिकारिकरूपमा दल विभाजन भएपछि मात्र सरकारको आगामी भूमिका तय हुने बताउनुभयो ।

Advertisement
Advertisement

विपक्षीहरु अविश्वासको प्रस्तावतर्फ अगाडि बढिसकेका बेला मुख्यमन्त्री शाक्यले विपक्षी दलले अविश्वास प्रस्ताव ल्याए त्यसको सामना गर्न फरक भूमिका निर्वाह गरिने बताउनुभयो । उहाँले भन्नुभयो– ‘पहिलादेखि सम्बन्ध राम्रो हुँदा विपक्षी दलहरुले अविश्वासको प्रस्ताव ल्याउनुहुन्छ जस्तो त मलाई लाग्दैन । हामीले उहाँहरुको भूमिका पनि हेर्नुपर्ने हुन्छ । दल विभाजनपछि केकस्तो अवस्था आउँछ, त्यहीअनुसार अघि बढ्छौं । छाड्नपर्ने अवस्था आएछ भने छाड्न पनि तयार छौं ।’ प्रतिपक्षको प्रस्तुतिअनुसार आफू अगाडि बढ्ने भन्दै विपक्षी दलका नेतासँगको विगतको सम्बन्धका आधारमा सहमति र सहकार्यको गृहकार्य गरिने उहाँको भनाइ छ ।

उहाँले आफूहरु प्रतिपक्षमा बस्नुपर्ने अवस्था आए सहर्ष स्वीकार गरिने बताउनुभयो । ‘जनताको काममा इमानदारितासाथ लागेका छौं । जति दिन सरकारको नेतृत्व पाउँछौं, हामी काम गर्छाैं । प्रतिपक्षमा बस्नुपर्ने अवस्था आए सहर्ष स्वीकार गर्छौं ।’ –उहाँले भन्नुभयो ।

उहाँले हालसम्म प्रदेशमा आधिकारिकरुपमा पार्टी विभाजन भइनसकेको भन्दै आफूले २२ गते कुरेर बसेको बताउनुभयो । ‘केही साथीहरुले एमाले छाडेर नयाँ दल रोजिसक्नुभएको छ । तर, २२ गतेसम्म दल चयनको समय छ । त्यसपछि मात्र एमाले विभाजन भएर हामी अल्पमतमा पर्ने हो’, उहाँले भन्नुभयो– ‘एमाले आधिकारिकरूपमा विभाजन भएपछि कस्तो परिस्थिति आउँछ, त्यसलाई सामना गरेर अघि बढ्छौं ।’

नेकपा एमाले वागमती प्रदेशको संसदीय दलको बैठकमा शाक्यले आफू एमालेमा नै रहेको बताउनुभएको थियो । उहाँले बैठकमा आफ्नो विषयमा भ्रम फैलाउन खोजिएको भन्दै गुनासो पनि गर्नुभएको थियो । एमाले वागमती प्रदेश संसदीय दलका मुख्य सचेतक दीपक निरौलाले भन्नुभयो– ‘पार्टीलाई एकताबद्ध बनाउन हामीले अभियान अगाडि सारेका हौं । सरकार टिकाउने र जनताको पक्षमा लाग्ने कुरामा अनवरत छौं ।’

तर, नेपाली कांग्रेस वागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले भने मुख्यमन्त्री शाक्य नेतृत्वको सरकारको आयु अब केही दिन मात्र रहेको बताउनुभएको छ । नेता बानियाँले भदौ २ गते गठन भएको मुख्यमन्त्री शाक्य नेतृत्वको सरकार अल्पमतमा परेकाले यो सरकारको आयु अब केही दिनमात्र बाँकी रहेको बताउनुभयो । नेता बानियाँले वागमती प्रदेशमा छिट्टै गठबन्धनको सरकार गठन हुने दाबी गर्नुभयो ।

सरकारको नेतृत्व कांग्रेस, नेकपा (एकीकृत समाजवादी) वा नेकपा माओवादीमध्ये कुनै एक दलले गर्ने कुरा निश्चित रहेकाले गठबन्धनको सहमति र सहकार्यले यसको निर्णय गर्ने उहाँको भनाइ छ ।

Advertisement

वागमती प्रदेशका १ सय ९ सांसदमध्ये ५६ सांसदसहितको एमालेले बहुमतको सरकार चलाउँदै आएको थियो । तर, एमालेबाट निर्वाचित १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजिसकेका छन् । २२ गतेसम्म दल चयनको समय हुँदा हालसम्म प्रदेश सरकार व्यवहारिकरूपमा अल्पमतमा परे पनि कानुनीरूपमा बहुमतमा छ । एमाले साना दलसँग मिलेर बहुमत पु¥याउने प्रयासमा भए पनि सरकार गठनका लागि पर्याप्त मत पुग्दैन ।, याे समाचार नेपाल समाचारपत्र दैनिकमा रोशन पराजुलीले लेखेका छन् ।

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top