भारतबाट मल किन्ने तयारी ‘अक्टोबरमा सम्झौता हुन्छ’

२१ भदौ, काठमाडौं ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले चालू आर्थिक वर्ष २०७८÷७९ देखि नै भारतसँग सरकार–सरकार (जीटुजी)मार्फत रासायनिक मल खरिद गर्ने तयारी थालेको छ ।

कृषि मन्त्रालयका सचिव डा. कृष्णप्रसाद आचार्य नेतृत्वको एक टोली भारतको दिल्ली गएर जीटुजीमार्फत मल ल्याउने विषय टुङ्गो लगाएको छ ।

सचिव आचार्यका अनुसार शुक्रबार गएर त्यहाँका केमिकल तथा फर्टिलाइजर मन्त्रालसँग छलफल गरी सबै कुरा टुङ्गो लगाइएको छ । अब सम्झौतापत्रमा हस्ताक्षर गर्न मात्र बाँकी छ ।

अक्टोबरमा दुई देशका सरकारबीच हस्ताक्षर हुने सचिव आचार्यले बताए । उनले भने, भारतसँग जीटुजीमार्फत मल ल्याउने भनी विगत तीन वर्षदेखि प्रयास भइरहेको थियो, त्यो प्रयास बल्ल सफल भएको छ । अब हस्ताक्षर गर्न मात्र बाँकी छ । सम्भवतः अक्टोबरमा हस्ताक्षर भइसक्छ ।

नेपालमा खपत हुने सम्पूर्ण रासायनिक मलको ३० प्रतिशत भारतबाट जीटुजीमार्फत खरिद गर्ने बाँकी बोलपत्र आह्वान गरेर खरिद गर्ने उनले बताए ।

कृषि मन्त्रालयले यस चालू आर्थिक वर्षमा पाँच लाख मेट्रिक टन मल खरिद गर्ने तयारी गरेको छ । त्यसका आधारमा भारतबाट डेढ लाख मेट्रिक टन मल खरिद हुने जनाइएको छ।

दिल्लीबाट फर्किएका सचिव आचार्यले भने, भारतसँग पाँच वर्षका लागि जीटुजीमार्फत मल खरिद गर्न सहमति भएको छ, सम्झौतापत्र तयार भइसकेको छ, मन्त्रिपरिषद्ले त्यसलाई स्वीकृत दिएपछि चाँडै नै सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।

सम्झौता भएपछि सुरुको वर्षमा एक लाख ५० हजार मेट्रिक टन मल खरिद गर्ने, त्यसपछि प्रत्येक वर्ष १० प्रतिशतले वृद्धि गर्दै जाने सहमति भएको उनले बताए ।

कृषि मन्त्रालयले वार्षिक मोटामोटी रूपमा पाँचदेखि छ लाख मेट्रिक टनसम्म रासायनिक मल खपत हुने गरेको बताउँछ । स्थानीय तह र प्रदेश सरकारले सङ्घीय सरकारलाई दिएको तथ्याङ्कअनुसार ११ देखि १२ लाख मेट्रिक टनसम्म मल खपत हुने गरेको छ ।

नेपालले चीन, बङ्गलादेश, ओमन, मोराकोसँग पनि जीटुजीमार्फत मल खरिद गर्ने पक्रिया सुरु गरेको छ । कृषि मन्त्रालयले यी देशहरूलाई परराष्ट्र मन्त्रालयमार्फत पत्र पठाएको छ तर त्यसको जवाफ आएको छैन ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top