बार बैठकमा चर्काचर्की : शम्भु थापाले भने– पार्टीको ब्याज खाएर न्यायमाथि हस्तक्षेप गर्ने ?

२१ भदौ, काठमाडौं ।

Advertisement

नेपाल बार एसोसिएसनको आइतबार बसेको सल्लाहकार समितिको बैठकमा कानुन व्यवसायीहरु दुई पक्षमा विभाजित भएका छन्।

बैठकमा वरिष्ठ अधिवक्ता शम्भु थापा, हरिहर दाहाल, चण्डेश्वर श्रेष्ठ, शेरबहादुर केसी, रमेश वडाल र टीकाराम भट्टराईले आफ्नो धारणा राखेका थिए।

Advertisement

बार अध्यक्ष श्रेष्ठले विषय प्रवेश गराउँदै छलफलको थालनी गरेका थिए। सुरुमै वरिष्ठ अधिवक्ता दाहालले आफ्नो धारणा राखेका थिए।

बार सधै कानुनको पक्षमा खडा हुनुपर्ने भन्दै दाहालले अहिले संविधानको रक्षाका लागि उभिनुपर्ने बताए। पछिल्लो समयमा देखिएको विकृतिविरुद्ध बार नरम हुँदै गएको उनको भनाइ थियो।

Advertisement

उनीपछि अधिवक्ता भट्टराईले आफ्नो धारणा राखेका थिए। क्रमशः बडाल अनि शेरबहादुर केसी हुँदै वरिष्ठ अधिवक्ता शम्भु थापाले आफ्नो धारणा राखेका थिए।

बैठकमा सवैभन्दा चर्को रुपमा पूर्व महान्यायाधिवक्ता बडाल प्रस्तुत भएका थिए। उनले कानुन व्यवसायीदेखि पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीको कदमसम्म बचाउ गर्दै अन्य वरिष्ठ अधिवक्ताप्रति कटाक्ष गर्दै बोलेका थिए।

सर्वोच्च अदालतले दिने वरिष्ठ अधिवक्ताको उपाधिमा आफूलाई रोक्ने लविङ भएको टिप्पणीसमेत उनले गरे। ‘केही वरिष्ठ दाइहरू मलाई वरिष्ठ अधिवक्ता बनाउन हुँदैन भनेर लविङमा लाग्नु भएको छ,’ उनले भने, ‘सक्नुहुन्छ भने रोक्नुस् म पनि हेरुँला।’

संवैधानिक इजलास र न्यायाधीश हरिप्रसाद फुयाँलले गरेको आदेशलाई लिएर वरिष्ठ अधिवक्ताहरूबीच आइतबार चर्काचर्कीसमेत भयो।

बैठकमा सहभागी एक पूर्वपदाधिकारीका अनुसार पूर्व महान्याधिवक्ता बडालले बार एसोसिएसनको भूमिकामाथि नै प्रश्न उठाएर ओलीको बचाउ गर्ने अन्यको आलोचना गर्ने गर्न थालेपछि चर्काचर्की भएको हो।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top