गोकर्णेश्वर उत्तरवाहिनी क्षेत्र डुबानमा

२० भदौ ७८, सोमबार

२१ भदौ, काठमाडौं ।

Advertisement

अविरल वर्षाले बागमतीको किनारमा रहेको गोकर्णेश्वर महादेव मन्दिर र उत्तरगया क्षेत्र डुबानमा परेको छ।

मन्दिरमुनिको चौर aडुबानमा परेपछि दिवङ्गत पितृका नाममा भाद्रकृष्ण औँसीमा श्राद्ध गर्न आउने भक्तजन प्रभावित भएको गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठले जानकारी दिए।

Advertisement

गोकर्णेश्वर महादेव मन्दिरबाट उत्तरवाहिनीसम्म अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले निर्माण गरेको सिँढी भरिएर बाहिर पानी आउँदा यो क्षेत्र डुबानमा परेको हो।

पानीसँगै आएको बाढीले यस क्षेत्रको सडक पनि बिगारेको छ। जोरपाटी सुन्दरीजल सडक विस्तारका क्रममा ठाउँ ठाउँमा अलपत्र रहेको भाग बाढीले प्रभावित भएको छ। अधिकांश भित्री सडक जलमग्न भएको छ। गोकर्णमुनिको बागमती किनार क्षेत्रसमेत ठाउँ ठाउँमा डुबानमा परेको छ।

Advertisement

यसैगरी रुद्रमतीमा आएको बाढीले रातोपुल मैतीदेवी क्षेत्रका केही घरसमेत डुबानमा परेका छन्। आइतबार रातिदेखि सोमबार बिहानसम्मको वर्षाले उपत्यकाका धेरै स्थान प्रभावित भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top