तिजमा घाम लाग्छ कि पानी पर्छ ? यस्तो भन्छन् मौसमविद्

२१ भदौ ७८, मंगलबार

२२ भदौ, काठमाडौं ।

बिहीबार अर्थात् २४ भदौमा हरितालिका तिज मनाइँदैछ । त्यसको अघिल्लो दिन बुधबार दरखाने प्रचलन नारीहरूमा छ । अघिल्लो वर्ष कोभिड–१९ कै कारण जमघटसहित तिज मनाउन पाइएन, यो पटक पनि कोभिड–१९ कै जोखिम छ ।

यद्यपि, तिजमा ब्रत बस्ने, एकाघर परिवारमा रमाइलो गर्दा समस्य नहुने जनस्वास्थ्यविद्हरूले बताएका छन् ।

अर्काे चिन्ता छ– आइतबार साँझबाट मौसम प्रतिकूल बनेपछि यो पटकको तिज पनि हिलोमय हुने त होइन ? आइतबार रातिकोजस्तो ठूलो वर्षा नभए पनि सोमबार राति पानी परेको छ ।

मंगलबार बिहान काठमाडौंसहितको आकाशमा बादल लागेको छ– प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा हल्का वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् निराजन सापकोटाका अनुसार मंगलबार दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिमका थोरै तथा प्रदेश १, बागमती र लुम्बिनीका एक÷दुई स्थानमा मेघगर्जन, चट्याङ्सहित भारी वर्षाको सम्भावना छ ।

बुधबार र बिहीबार दिउँसो भारी वर्षाको सम्भावना नभए पनि बादल लागिरहने र बेलाबेला पानी पर्नसक्ने उनले बताए । जसले तिजको पूजाआजा गर्न मठमन्दिर हिँडेका नारीलाई असर गर्नसक्छ– सडकमा हिलो बढ्न सक्छ ।

हाल नेपालमा बंगालको खाडीमा विकसित न्यून चापीय प्रणालीको प्रभाव छ भने पश्चिम नेपालमा मनसुनी न्यून चापीय रेखाको असर छ ।

उक्त रेखाका कारण सुदूरपश्चिम, कर्णाली तथा लुम्बिनी र गण्डकीका पश्चिमी भेगमा वर्षाको सम्भावना छ । हाल तराई नजिक रहेको मनसुनी रेखा उत्तर–पूर्व सर्दै गएमा अझ वर्षा हुनसक्ने आँकलन मौसमविद्ले गरेका छन् ।

‘बर्खामा पानी नपर्ने भन्ने हुँदैन । बादल लाग्ने, पानी पर्ने त भइरहन्छ,’ मौसमविद् सापकोटाले भने, ‘यसले हिलो त पक्कै बनाउँछ नै तर आइतबार रातिको जस्तो ठूलो वर्षा भइहाल्ने देखिँदैन ।’

तर, तिजको दिन अर्थात बिहीबार राति गण्डकी, कर्णाली र सुदूरपश्चिमका केही स्थान र अन्य प्रदेशका एक÷दुई स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । जसको असर काठमाडौं उपत्यकामा पनि पर्ने मौसमविद् सापेकाटाले उल्लेख गरे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top