अतिरिक्त ट्याङ्की जडान गरेर भारतिर पेट्रोलियम पदार्थ तस्करी

२१ भदौ ७८, मंगलबार

२२ भदौ, काठमाडौं ।

Advertisement

झापाको पूर्वी नाका काँकडभिट्टामा नेपालबाट भारततर्फ अतिरिक्त ट्याङ्की जडान गरेर पेट्रोलियम पदार्थको लागिरहेको अवस्थामा एउटा ट्रकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सोमबार बिहान नेपाल प्रवेश गरेको डब्लुबी७४डी २४४१ नंको खाली मिनीट्रक डिजेल हालेर पुनः भारत जान लागेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय काँकडभिट्टाको टोलीले मेची पुल नजिकैबाट उक्त ट्रकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिए ।

Advertisement

उनका अनुसार नेपाल प्रवेश गरेको भारतीय ट्रक सामान नै लोड नगरी ट्रकमा जडान गरिएको अतिरिक्त पेट्रोलियम पदार्थको ट्याङ्कीमा मेचीनगर–६ स्थित पूर्वाञ्चल पेट्रोलपम्पबाट ५५० लिटर डिजेल हालेर फर्किएको थियो ।

सो सूचना पाएपछि प्रहरीले ट्रक, ट्रकचालक भारत पश्चिम बङ्गाल नक्सलबारीका ३० वर्षीय विकास दास र सहचालक सोही स्थानमा ३४ वर्षीय सुजल साहलाई नियन्त्रणमा लिएको छ भने रू सात लाख मूल्याङ्कन तोकेर सोमबार नै मेची भन्सार कार्यालय बुझाइएको छ ।

Advertisement

भारतको पश्चिम बङ्गालभन्दा झापामा प्रतिलिटर डिजेलको मूल्य ३५ रुपैयाँ ३१ पैसा सस्तो छ । भारतको पश्चिम बङ्गालमा डिजेल प्रतिलिटर भारु ९१ रुपैयाँ ७१ पैसा (नेपाली १४६ रुपैयाँ ७३ पैसा) पर्छ भने झापामा डिजेल प्रतिलिटर १११ रुपैयाँ ५० पैसामा पाइन्छ ।

यो घटना सार्वजनिक भएसँगै झापामा पेट्रोलियम पदार्थ तस्करीको नयाँ शैली देखिएको छ । घटना सार्वजनिक भएसँगै यस्ता सवारी साधनमाथि निगरानी बढाउने प्रहरी अधिकारी बताउँछन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top