केपी शर्मा ओलीको रिट पुन : प्रधानन्यायाधीश राणाको इजलासमा

२१ भदौ ७८, मंगलबार

२२ भदौ, काठमाडौं ।

Advertisement

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एकीकृत समाजवादी) दर्ता अवैधानिक भन्दै सर्वोच्च अदालतमा दर्ता गरेको रिटको सुनुवाइ आज हुँदै छ।

अध्यक्ष ओलीले निर्वाचन आयोग र सभामुखविरुद्ध दायर गरेको रिटको सुनुवाइ पुनः प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा हुने भएको हो।

Advertisement

यसअघि भदौ २० गते प्रधानन्यायाधीश राणाकै इजलासमा रहेको उक्त मुद्दा हेर्न नभ्याइने हुँदै सुनुवाइ सरेको थियो।

गैरकानूनी रुपमा एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिएको भन्दै ओलीले गत बुधवार सर्वोच्चमा रिट दायर गरेका थिए।

Advertisement

एमालेले कारबाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैरकानूनी भएको भन्दै नेकपा एकीकृत समाजवादी खारेजीको माग रिटमा गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top