ओपनिङ म्याच खेलाएका अर्जेन्टाइन रेफ्रीले नै विश्वकप फाइनल खेलाउने

२९ असार ७५, शुक्रबार
Share this
716shares

एजेन्सी, असार २९
रसियामा भइरहेको २१औँ संस्करणको फाइनल खेल ओपनिङ म्याच खेलाएका अर्जेन्टिनाकै रेफ्री नेस्टर पिटानाले खेलाउने भएका छन् । सेन्ट पिटर्सवर्ग स्थित लुजनिकी स्टेडियममा हुने फ्रान्स र क्रोएसियाबीचको फाइनल खेल पिटानाले खेलाउने फिफाले जनाएको छ ।

Advertisement

लुजनिकीमै भएको आयोजक रसिया र साउदी अरेबियाबीचको ओपनिङ म्याच समेत उनैले खेलाएका थिए । शारीरिक शिक्षाका शिक्षक समेत रहेका ४३ वर्षीय पिटानाले ओपनिङ सहित रसियामा ४ खेल खेलाइसकेका छन् ।

फाइनल खेलमा अर्जेन्टिनाकै हेर्नान मइडेना र हुवान पि बेलाट्टीले पिटानलाई असिस्टेन्ट रेफ्रीको रुपमा सघाउनेछन्। यस्तै नेदरल्याण्ड्सका बजान कुइपर्स फोर्थ अफिसियलको रुपमा हुनेछन् भने रेफ्री असेसरको भूमिकामा एरविन जिएनस्ट्रा रहनेछन् । रसिया विश्वकपको फाइनल खेलाउने पिटानाले यसअघि सन् २०१४ मा ब्राजिल विश्वकपमा पनि रेफ्रीको भूमिकामा काम गरेका थिए ।

Advertisement

उनी अर्जेन्टिनाबाट दुई विश्वकपमा सहभागी हुने दोस्रो रेफ्री हुन्। यसअघि नोर्बरटो कोइरेज्जा दुई विश्वकपमा सहभागी भएका थिए । यसैगरी इंग्ल्याण्ड र बेल्जियमबीच हुने तेस्रो स्थानको खेलको रेफ्रीमा इरानको अलिरेजा फगानी चयन गरिएको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top