एमसीसीका विषयमा अध्ययन गरौं, त्यसपछि धारणा बनाउँला: ओली

२३ भदौ, काठमाडौं ।

नेकपा एमालेले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)बारे तत्काल कुनै धारणा नबनाउने भएको छ । बुधबार बसेकाे संसदीय दलको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले एमसीसीका विषयमा सबैले अध्ययन गरेपछि पार्टीले धारणा बनाउने बताएका छन्।

बैठकमा सांसदहरुले एमसीसीबारे पार्टीको धारणा मागेका थिए । जनताले ‘नो एमसीसी’ भनेको भन्दै धेरै सांसदले त्यसविपरीत जान नहुने बताएका थिए ।

जवाफमा अध्यक्ष एवं संसदीय दलका नेता ओलीले यसबारे धारणा बनाउन हतार गर्न जरुरी नभएको बताए । ‘हामी हरेक कुरामा अग्रसर भइहाल्नु पर्छ भन्ने छ। हामीले कुनै कुरा छलफलको क्रममा लैजान सक्छौं। एमसीसी एउटा डिबेटको रुपमा आएको छ। छलफलमा लानु पर्ने छ। बुद्धिजीविहरुलाई विचार व्यक्त गर्न दिउँ। दलहरुलाई धारणा बनाउन दिउँ। तर्कहरु गर्न दिउँ’ ओलीले भने, ‘रावलजीले सबैलाई डकुमेन्ट पठाउँछु भन्नु भएको छ। ति सबै डकुमेन्टहरु पढौं। के के ठिक/बेठिक कुरा रहेछन्? कति फाइदा/बेफाइदा रहेछन् पढौं।’

एमसीसी पास गर्ने एमालेको जिम्मा नभएकाले त्यसमा धेरै सरोकार नराख्न ओलीले आग्रह गरे। ‘एमसीसी पास गर्ने जिम्मा हाम्रोपनि होइन। यो सन्धी सम्झौता हामीले गरेको पनि होइन। यो हाम्रो काधमा आइलाग्ने छैन’ उनले भने, ‘यदी एमसीसीका विषयमा जिम्मा आइलगेमा गम्भीरतापूर्वक छलफल गरेर निर्णयमा पुग्ने छौ।’

उनले अघि भने, ‘एउटा कुरा स्पष्ट छ, देश र जनताको हित र कहिलेकाहिं आम जनताको एउटा धारणा हुन्छ, त्यसविरुद्ध हामी जाँदैनौं ।’

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top