सभामुखलाई एमालेको प्रश्न – दल विभाजनका लागि तपाईं किन मतियार हुनुभयो?

२३ भदौ २०७८, बुधबार
Share this
670shares

२३ भदाै, काठमाडौं।

Advertisement

नेकपा (एमाले) ले आफ्नो दल विभाजनको मतियार भएको भन्दै सभामुख अग्निप्रसाद सापकोटासँग जवाफ मागेको छ ।  बुधबार प्रतिनिधि सभाको नवौं अधिवेशन अन्तर्गतको पहिलो बैठकको सुरुवातमै आपत्ति जनाउँदै एमाले प्रमुख सचेतक भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाबाट जवाफ नआएसम्म संसद बैठक चल्न नदिने प्रष्ट पारे।

उनले भने, ‘भदौं १ गते हाम्रो दलको अनुशासन उल्लघन गर्ने १४ जनालाई कारबाही गरि पाउँ भनेर हामीले निवेदन दिएका थियौं। हामीले कारबाही गरेको सूचना भदौं २ गते, ३ गते प्रकाशन गर्न हामीले आग्रह गर्‍यौं। तपाईंले माओवादी केन्द्र र जसपाका सांसदलाई कारबाही गरेको सूचना टाँस्नुभयो । एमालेको हकमा किन तपाईंले फरक व्यवहार देखाउनुभयो?’

Advertisement

‘सभामुखको मर्यादामा बसेको मानिसले समान व्यवहार गर्नु पर्छ कि पर्दैन’ उनले प्रश्न गरे । ‘कारबाही गरेका सांसदबारे सूचना किन सार्वजनिक गर्नुभएन। १३ दिनपछि नियोजित रुपमा एमाले टुक्रयाइसकेपछि यो काम गर्नुभएको छ। हाम्रो बीचमा अनुत्तरीत प्रश्न छ । नेकपा एमाले कारबाही गरेका सांसदलाई कारबाही गर्न र एमाले टुक्रयाउन किन सारथी हुनुभयो। दल विभाजनका लागि किन तपाईं मतियार हुनुभयो,’ उनले प्रश्न गर्दै भने,‘ यसको जवाफ चाहिएको छ।

सभामुखले त्यसको जवाफ दिँदै आफूले नियम अनुसारै गरेको र यो विषय अदालतमा विचाराधीन भएकाले संसदमा कुरा उठान नपाइने बताए । एमाले सांसदहरूको नारावाजी र अवरोधका कारण बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top