संसद्को हत्या गर्नेले हामीलाई गैरसांसद भन्नु आश्चर्यजनक कुरा होइन : रामकुमारी झाँक्री

Share this
672shares

२३ भदाै, काठमाडौं ।

Advertisement

नेकपा (एकीकृत समाजवादी)की सांसद रामकुमारी झाँक्रीले संसदका ‘हत्यारा’हरूले आफूहरुलाई गैरसांसद भन्नुमा कुनै आश्चर्य नभएको प्रतिक्रिया दिएकी छन्।

बुधबार प्रतिनिधि सभा बैठकपछि पत्रकारहरूलाई बाेल्दै उनले एमालेको चरित्र र औकात अनुसारको व्यवहार संसद्‌मा देखाएको आरोप लगाइन्। उनले भनिन्, ‘यस्ता स्तरहीन चरित्रका विषयमा प्रतिक्रिया दिन मन छैन । उहाँहरुको औकात अनुसार काम गर्नु भएको छ।’

Advertisement

बहुमतको सरकार ढालेर बालुवाटारबाट बालकोट पुगेर केपी शर्मा ओलीले खाँबो चिथोरिरहेको झाँक्रीको टिप्पणी छ। उनले विधिसंगत तरिकाले सभामुखले सदन चलाउने बताइन्।

 झाँक्रीले थपिन् ‘उहाँहरुले संसद्‌मा प्रस्तुत गरेको चरित्र गैरराजनीतिक चरित्र हो । खड्गप्रसाद ओलीलाई लागेको भए हामीलाई धर्तिमा बाँच्न नदिने थियो होला नि! त्यो सम्भव छ र?’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top