महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै विश्वप्रकाश शर्मा

२३ भदौ ७८, बिहीबार

२४ भदौ, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज (बिहीबार) महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्ने भएका छन्।

यसअघि नै पार्टीको आसन्न १४औं महाधिवेशनमा पदाधिकारीमा उठ्ने संकेत गरेका उनले आज बीपी कोइरालाको जन्मजयन्तीको अवसर पारेर उम्मेदवारी घोषणा गर्न लागेका हुन्।

Advertisement

आज दिउँसो सुन्दरीजलमा एक कार्यक्रम आयोजना गरी उम्मेदवारी घोषणा गर्ने उनले बताएका छन्।

कांग्रेसका अर्का प्रभावशाली नेता गगन थापाले भने भदौ १४ गते नै महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका थिए। काठमाडौं महानगरपालिका वडा नम्बर ३० मा आयोजित क्रियाशील सदस्यहरुको भेलालाई सम्बोधन गर्दै थापाले उम्मेदवारी घोषणा गरेका हुन्।

Advertisement

उनी तेह्रौं महाधिवेशनमा पनि महामन्त्रीको उम्मेदवार थिए। शशांक कोइराला र अर्जुननरसिंह केसीसँग प्रतिस्पर्धा गरेका उनी तेस्रो भएका थिए।

कांग्रेसको विधानमा दुई जना महामन्त्री हुने व्यवस्था छ। यसअघि एक महामन्त्री निर्वाचित र अर्को मनोनित हुन्थे। संशोधित विधानमा दुवै महामन्त्री निर्वाचित हुने व्यवस्था छ।

शर्मा १३औं महाधिवेशनमा केन्द्रीय कार्यसमिति सदस्यमा निर्वाचित भएका थिए। २५ जनाको लागि भएको खुला निर्वाचनमा उनी १४औँ स्थानमा थिए।

अहिले पार्टी प्रवक्तासमेत रहेका विश्वप्रकाश शर्मा नेपाल विद्यार्थी संघको दशौं सभापतिसमेत हुन्। शर्मा २०५७ पुसमा सभापतिमा निर्वाचित भएका थिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top