बलियो कांग्रेस र सक्षम नेतृत्वले मात्रै बीपीको सपना पूरा हुन्छ : सिंह

२४ भदौ, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले बलियो कांग्रेस र सक्षम नेतृत्वले मात्रै जनजायक बीपी कोइरालाले देखेको सपना पूरा गर्न सक्ने बताएका छन् ।

बीपीको १०८औँ जन्मजयन्तीका अवसरमा आज एक सन्देश जारी गर्दै नेता सिंहले कोइरालाले देश र जनताका लागि पु¥याएको योगदानको स्मरण पनि गरेका छन् ।

Advertisement

कांग्रेसको महाधिवेशन समयमा नै पूरा गर्नु पर्ने चुनौती रहेको बताउँदै सिंहले भनेका छन्, ‘बलियो कांग्रेस र सक्षम नेतृत्व भएमात्र संस्थापक नेता जननायक बीपीले देखेका सपना पूरा गर्न सकिने छ । त्यसका लागि सबैले आ–आफ्नो ठाउँबाट सशक्त भूमिका खेल्न सबैमा हार्दिक अपील गर्दछु ।’

कांग्रेसका संस्थापक नेता कोइरालाको विसं १९७१ भदौ २४ गते जन्म भएको थियो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top