अफगानिस्तानमा चरम खाद्य सङ्कट आउने यूएनको चेतावनी, चीनद्वारा सहयोग घोषणा

२३ भदौ ७८, बिहीबार

२४ भदौ, एजेन्सी ।

चीनले अफगानिस्तानलाई सहयोगको घोषणा गरेको छ । तालिबानले युद्धमार्फत सत्ता नियन्त्रणमा लिएर सरकार घोषणा गरेको भोलिपल्ट चीनले मानवीय सहायता र कोरोना भाइरसविरुद्धको सहयोग घोषणा गरेको हो ।

पाकिस्तानले आयोजना गरेको अफगाबिनस्तानका छिमेकी देशका विदेश मन्त्रीहरूबीचको भर्चुअल छलफलमा चिनियाँ विदेश मन्त्री वाङ यीले अफगानिस्तानलाई तीन करोड १० लाख अमेरिकी डलर बराबरको खाद्यान्नलगायतको सहयोग घोषणा गर्नुभएको ग्लोबल टाइम्सले जनाएको छ ।

यस्तै चीनले अफगानिस्तानलाई कोरोना भाइरसविरुद्धको खोप १० लाख मात्रासहित अरू स्वास्थ्य सामग्री पनि सहयोग गर्ने बताएको छ । गएको अगस्ट ३१ मा अमेरिकी सेना फिर्ता भएसँगै अफगानिस्तानमा अन्तर्राष्ट्रिय सहायता के हुने हो भन्ने अन्योल छ ।

अमेरिकालगायत पश्चिमा देशहरूले तालिबान सरकारलाई सहायता गर्न उसले महिला अधिकार र प्रजातान्त्रिक मूल्य, मान्यतालाई पछ्याउनुपर्ने र अफगान भूमिलाई आतङ्कवादी समूहको आश्रयस्थल बनाउन नहुने सर्त राखेका छन् ।

संयुक्त राष्ट्र सङ्घ (यूएन) ले अफगानिस्तानमा छिट्टै खाद्यान्न सङ्कट हुने चेतावनी दिएको छ । अहिले पनि अफगानिस्तानका आधाभन्दा धेरै बालबालिका छाक टार्नकै लागि सङ्घर्ष गरिरहेका राष्ट्र सङ्घले जनाएको छ ।

तालिबानले सत्ता नियन्त्रणमा लिएपछि अफगानिस्तानमा खाद्यवस्तुको मूल्य ५० प्रतिशतभन्दा धेरै बढेको बीबीसीले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top