झिनो अङ्कले घट्यो नेप्से परिसूचक

२४ भदौ ७८, शुक्रबार

२४ भदाै, काठमाडौँ।

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०।६२ अङ्कले ओरालो लागेर दुई हजार ८७५।९७ मा ओर्लेको छ ।

यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १।५३ अङ्कले ओरालो लागेर ५३५।२९ मा ओर्लेको छ । नेप्से ओरालो लाग्दा कारोबार रकमसमेत घटेको छ । कूल २३० कम्पनीको एक करोड ४४ हजार ७४ हजार ८५५ कित्ता शेयर रु सात अर्ब पाँच करोड सात लाख ७० हजार ७० मूल्यमा खरिद बिक्री भए ।

कारोबार भएका कूल १३ उपसमूहमध्ये चार उपसमूहको शेयर उकालो लाग्यो भने नौ उपसमूहको शेयर ओरालो लाग्यो । व्यापार ०।६, जलविद्युत् ६२।७५, जीवन बीमा ५९।३८ र लगानी ०।१७ विन्दुले बढेको छ ।

बैंकिङ २।१७, होटल तथा पर्यटन ३।३१, विकास बैंक १२।०१, वित्त ३६।४३, निर्जीवन बीमा ६।३५, उत्पादन २१।७२, अन्य २२।५१, लघुवित्त १७।८८ र सामूहिक लगानी कोष ०।१६ विन्दुले ओरालो लागेको छ । कारोबारका आधारमा रिडी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ४९ करोड ३९ लाख ४९ हजार २२३ बराबरको कारोबार भयो । अरुण भ्याली हाइड्रोपावर रु ४८ करोड ८५ लाख ६३ हजार ९०५, रैराङ हाइड्रोपावर रु ३३ करोड ६५ लाख छ हजार ९५१, युनाइटेड मोदी रु ३१ करोड २४ लाख ७८ हजार ७३५ र हिमालयन पावर पार्टनर रु १९ करोड ५० लाख २८ हजार ६४१ बराबरको कारोबार भई शीर्ष स्थानमा रहे ।

कारोबारका आधारमा हिमालयन पावर पार्टनर र सानिमा लाइफ इन्स्योरेन्सको शेयरमा १० प्रतिशतको वृद्धि भई सकारातमक सर्किट लाग्यो । यस्तै रैराङ हाइड्रोपावर ९।२२, ग्रीन लाइफ हाइड्रोपावर ८ र माउण्टेन हाइड्रो नेपालका शेयरधनीले ७।४१ प्रतिशतले कमाए ।

यसैगरी रिडी हाइड्रोपावर ५।२६, सिटिजन म्युचुअल फण्ड ५।१३, आइसिएफसी फाइनान्स ४।०२, सपोर्ट माइक्रोफाइनान्स २।९४ र युनिलिभर नेपालका शेयरधनीले २।८४ प्रतिशतले गुमाए । साताको अन्तिम दिनको कारोबारपछि बजार पूँजीकरण रु ४० खर्ब २४ अर्ब ९३ करोड ३८ लाख ६१ हजार १७३ बराबर पुगेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top