हुम्लामा एक हप्तासम्म विद्युत् आपूर्ति बन्द

२५ भदौ ७८, शुक्रबार

२५ भदाै, हुम्ला ।

Advertisement

हुम्लाको सदरमुकाम सिमकोटसहित दुई वटा गाउँपालिकालाई विद्युत् सेवा दिँदै आएको नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरणले बिहीबारदेखि एक हप्तासम्मका लागि विद्युत् आपूर्ति बन्द गरेको छ । विभिन्न समयमा विभिन्न बहानामा बनाउँदै पटकपटक सेवा ग्राहीलाई अँध्यारोमा बस्नुपर्ने बाध्यता बनाउँदै विद्युत् प्राधिकरणको सेवाबाट यहाँका सेवाग्राहीले सास्ती खेपिरहनुपरेको छ ।

मर्मतका लागि बर्सेनि करोडौँ रकम खर्च गरेको भए पनि विद्युत् सेवा नियमित हुन नसक्दा सिमकोटबासी, खार्पुनाथ गाउँपालिका र सिमकोट गाउँपालिकाका सेवाग्राहीले सास्ती खेप्दै आउनुपरेको छ । केही दिनअगाडि पहिरोले बगाएको ओभर फ्लो पाइपको मर्मत गर्नका लागि विद्युत् आपूर्ति बन्द गरिएको नेपाल विद्युत् प्राधिकरण हेल्दुङ वितरणका प्रमुख साजन ऐडीले जानकारी दिए । पहिरोले बगाएको नहर नजिकको ओभरफ्लोको पाइपलाइन मर्मत कार्य सुरु गर्नुपर्ने भएपछि सम्पूर्ण विद्युत् आपूर्ति बन्द गरिएको उनको भनाइ छ ।

Advertisement

नहरमा पानी पुनः सञ्चालन गरेर विद्युत् आपूर्ति गर्दा नहर पनि पहिरोमा जाने जोखिम भएपछि विद्युत् आपूति बन्द गर्नुबाहेक अन्य विकल्प नदेखिएकाले मर्मत हुँदा सम्मका लागि विद्युत् सेवा बन्द गरिएको उनले बताए । साढे दुई सय किलोवाट विद्युत् उत्पादन गर्दै आएको हिल्दुम साना जलविद्युत् आयोजनाले ओभरफ्लो पहिरोले लगेपछि अस्थायी रूपमा काम चलाउने गरेर १०० किलोवाट विद्युत् उत्पादन गरेर आपूर्ति गर्दै आएको थियो ।

विद्युत् सेवा बन्द हुँदा केन्द्रका दुई हजार ३०० ग्राहक मर्कामा परेका छन् । यसबाट बढी बैंक तथा वित्तीय संस्थाका साथै सरकारी तथा गैरसरकारी कार्यालय र विद्युतीय सेवाबाट काम गर्ने निकाय बढी प्रभावित भएका छन् । सिमकोटमा रहेको नेपाल टेलिकम हुम्लाले बुधबार रातिदेखि हुम्लामा विद्युत् सेवा बन्द हुँदा जेनेरेटरबाट काम चलाउँदै आएको निमित्त कार्यालय प्रमुख रामबहादुर बोहराले बताए । विद्युत् आपूर्ति बन्द हुँदा नेपाल टेलिकमलाई समेत ठूलो क्षति पुगेको निमित्त प्रमुख बोहराले जानकारी दिए ।

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top