मेस्सीको ह्याट्रिकमा बोलिभियामाथि अर्जेन्टिनाको सहज जित

२५ भदाै, एजेन्सी ।

कप्तान लियोनल मेस्सीले ह्याट्रिक गरेपछि अर्जेन्टिनाले दक्षिण अमेरिकी विश्वकप छनोटमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिदा बोलिभियालाई पराजित गरेको छ ।

शुक्रबार बिहान ब्युनर्स आयर्समा भएको खेलमा अर्जेन्टिनाले बोलिभियामाथि ३–० को सहज जित हात पारेको हो । कप्तान मेस्सीले पहिलो हाफमा एक तथा दोस्रो हाफमा दुई गोल गर्दै ह्याट्रिक पुरा गरे ।

खेलको सुरुवातदेखि नै आक्रामक खेल पस्किएको अर्जेन्टिनाले १४औं मिनेटमा कप्तान लियोनेल मेस्सीको गोलबाट अग्रता लिएको थियो । उनले लियान्द्रो ड्यानियल पारेडेसको पासमा २५ यार्ड टाढाबाट उत्कृष्ट गोल गर्न सफल भएका थिए ।

२७औं मिनेटमा एन्जल डि मारियाको पासमा लोउटारो मार्टिनेजले गोल गरेपनि गोलले मान्यता नपाउँदा अर्जेन्टिना अग्रता दोब्बर पार्नबाट चुक्यो । ४१औं मिनेटमा मेस्सीको पासमा मार्टिनेजले ८ यार्ड टाढाबाट गरेको प्रहार बाहिरियो । ४३औ मिनेटमा मेस्सीको सुवर्ण अवसर खेर फाल्दा अर्जेन्टिनाले अग्रता दोब्बर पार्न सकेन ।

पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा मेस्सीको पासमा एन्जल डि मारियाको प्रहारलाई बोलभियाका गोलरक्षक कार्लाेस लाम्पेले लोउटारो मार्टिनेजले भेट्न नपाउँदै बाचाए । ६४औं मिनेटमा कप्तान मेस्सीले व्यक्तिगत र टोलीको लागि दोस्रो गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे । उनले मार्टिनेजसँगको वान टु वान पासमा उत्कृष्ट फिनिसिङको नमुना पेश गरेका थिए ।

७०औं मिनेटमा मार्टिनेजले पाएको अवसरलाई सदुपयोग गर्न सकेनन् । ८३औं मिनेटमा निकोलस गोन्जालेजले अर्काे अवसर सदुपयोग गर्न सकेनन् । ८९औं मिनेटमा मेस्सीले ह्याट्रिक पुरा गर्दै अर्जेन्टिनालाई ३–० को सहज जित दिलाए । अर्जेन्टिनाबाट १५३ खेलमा उनको यो ७९औं गोल हो ।

यो जितसँगै दक्षिण अमेरिकी छनोटमा अपराजित रहेको अर्जेन्टिनाको ८ खेलबाट १८ अंक पुगेको छ । दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले ५ जित र ३ बराबरीको नतिजा निकालेको छ । पराजित बोलिभिया ६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top