कोरोना कहर : विश्वमा ५ लाख ९४ हजार संक्रमित थपिए, ९ हजार २६४ को मृत्यु

२४ भदौ ७८, शुक्रबार

२५ भदौ, काठमाडौं ।

Advertisement

विश्वमा कोरोना संक्रमितको संख्या २२ करोड ३९ लाख ८८ हजार ९८५ पुगेको छ ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्म विश्वका ४६ लाख १९ हजार ७४७ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् ।

Advertisement

अहिलेसम्म २० करोड ५ लाख ८१ हजार २५८ जनाले कोरोनालाई जितेका छन् । विश्वमा सक्रिय संक्रमितको संख्या १ करोड ८७ लाख ८७ हजार ९८० छ । उनीहरू मध्ये १ लाख ३ हजार ८६४ जनाको स्वास्थ्य अवस्था गम्भीर छ ।

बितेको २४ घण्टाको तथ्याक अनुसार विश्वमा ५ लाख ९४ हजार ८३५ संक्रमित थपिएका छन् । सोही अवधिमा ९ हजार २६४ जनाको मृत्यु भएको छ ।

Advertisement

६ लाख ८३ हजार ४७६ जनाले बितेको २४ घण्टाको अवधिमा कोरोनालाई जितेका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top