अमेरिकाको जवाफपछि मसालको निष्कर्ष–सम्झौता खारेज नगरी सुख छैन

२५ भदौ, काठमाडौ ।

नेकपा मसालले एमसीसी सम्झौता खारेज गर्नुको विकल्प नभएको निष्कर्ष निकालेको छ ।

मसालका महामन्त्री मोहनविक्रम सिंहले विज्ञप्तिमार्फत एमसीसीका सन्दर्भमा अमेरिकाले सरकारलाई पठाएको जवाफबाट संशोधन हुँदैन भन्ने प्रष्ट भएकाले यसको खारेजीको विकल्प नभएको बताएका हुन् ।

‘एमसीसी सम्बन्धी नेपाल सरकारका प्रश्नहरूमा अमेरिकाले जुन जवाफहरू पठाएको छ, त्यसको सारतत्व त्यो सम्झौतामा कुनै संशोधन गर्न सकिन्न भन्ने नै हो । त्यसपछिका अन्य सबै जवाफहरू अर्थहीन हुन जान्छन्’,

विज्ञप्तिमा भनिएको छ, ‘त्यसबाट त्यो सम्झौतामा नेपालको सार्वभौमिकतामा आँच पुग्ने प्रकारका कुनै पनि प्रावधानलाई हटाउन अमेरिका तयार नभएको कुरा प्रष्ट हुन्छ । त्यो अवस्थामा त्यो सम्झौतालाई खारेज गर्न सङ्घर्ष गर्नुपर्ने आवश्यकता पहिले जस्तै अहिले पनि छ भन्ने ने.क.पा.(मसाल)ले दृढ मत प्रकट गर्न चाहन्छ ।’

यस्तै मसालले एमालेले पहिलेका १४ जना सांसदहरूबारे प्रश्न उठाएर संसदलाई अवरोध गर्नु गलत भएको पनि ठहर गरेको छ । ‘एमालेको अहिलेको संसदको बैठकलाई अवरोध गर्ने कार्य संसदको २÷२ पल्ट विघटन गरेर संसदलाई असफल पार्ने जुन प्रयत्न गरिएको थियो, त्यही नीतिको नै निरन्तरता हो’, सिंहको भनाइ छ ।

माधव नेपाल पक्षले विद्रोह गरेर ने.क.पा.(एकीकृत समाजवादी) संगठन गर्नुमा केपी ओली पक्ष नै जिम्मेवार रहेको समेत विज्ञप्तिमार्फत मसालले ठहर गरेको छ ।

भर्खरको समाचार

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

गृहमन्त्रीमा सुधन २.० : कोही खुशी, कोही दुःखी

719940633_1001084555844895_4744652334709059280_n

वर्षा गराउने प्रणाली पूर्वतिर सर्याे, विहानैदेखि झरी,सावधानी अपनाउन आग्रह

mausam-2075-12-18-768x388

फिफा विश्वकप २०२६ को प्रत्यक्ष प्रसारण डीगो एपमा हुने

dgo-logo

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

सम्बन्धित समाचार

Scroll to Top