पौडेल पक्षले सभापतिलाई भन्यो–‘पार्टी महाधिवेशनमा पुलिस र प्रशासनको दुरुपयोग हुन नपाओस्’

२५ भदौ ७८, शुक्रबार
Share this
679shares

२५ भदौ, काठमाडौं ।

Advertisement

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको निर्वाचनलाई धाँधलीरहित र निष्पक्ष बनाउन पार्टी सभापतिको ध्यानाकर्षण गराएका छन्।

शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा पार्टी सभापतिसमेत रहेका शेरबहादुर देउवालाई भेटेर पौडेलसहितका नेताहरुले ध्यानाकर्षण गराएका हुन्।

Advertisement

भेटमा महामन्त्री डा. शंशाक कोइराला, प्रकाशमान सिंह, अर्जुननरसिं केसी, डा. मीनेन्द्र रिजाल र जीवन परियारसहितको टोलीले भेट गरेर ध्यानाकर्षण गराएको हो।

भेटमा पार्टीका कृयाशील सदस्यहरुको छानबिन निष्पक्ष र पारदर्शी ढंगले सम्पन्न गर्न भनिएको छ।

Advertisement

पार्टीको महाधिवेशनमा राज्यको पुलिस र प्रशासनको दुरुप्रयोग हुन नपाओस् भनेर ध्यानाकर्षण गराएको वरिष्ठ नेता पौडेलले जानकारी दिएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top