साफ च्याम्पियनसीपको तयारीका लागि राष्ट्रिय फुटबल टिम कतार प्रस्थान

२५ भदौ, काठमाडौं।
नेपाली राष्ट्रिय पुरुष फुटबल टिम साफ च्याम्पियनसीपको तयारीका लागि कतार प्रस्थान गरेको छ । नेपाली टोली शुक्रबार कतार एअरवेजबाट कतार प्रस्थान गरेको हो ।

Advertisement

नेपालले कतारमा करीब दुई साता प्रशिक्षण गर्नेछ । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी यसअघि नै कतार पुगिसकेका छन् । कतारमा रहँदा नेपाली टोलीले मैत्रीपूर्ण खेलका लागि पहल गर्ने अलमुताइरीले बताएका थिए । उनी त्यहाँ व्यवस्थापन मिलाउन चाँडै गएका हुन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार नेपाली टोलीलाई बिदाइ गरेको थियो । कतारमा प्रशिक्षणपछि नेपाली टोली सेप्टेम्बर २७ मा साफ च्याम्पियनसिपका लागि उतैबाट माल्दिभ्स जानेछ । १३औं संस्करणको साफ च्याम्पियनसीप अक्टोबर १ देखि १६ सम्म हुनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top