साफ च्याम्पियनसीपको तयारीका लागि राष्ट्रिय फुटबल टिम कतार प्रस्थान

२५ भदौ २०७८, शुक्रबार
Share this
721shares

२५ भदौ, काठमाडौं।
नेपाली राष्ट्रिय पुरुष फुटबल टिम साफ च्याम्पियनसीपको तयारीका लागि कतार प्रस्थान गरेको छ । नेपाली टोली शुक्रबार कतार एअरवेजबाट कतार प्रस्थान गरेको हो ।

Advertisement

नेपालले कतारमा करीब दुई साता प्रशिक्षण गर्नेछ । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरी यसअघि नै कतार पुगिसकेका छन् । कतारमा रहँदा नेपाली टोलीले मैत्रीपूर्ण खेलका लागि पहल गर्ने अलमुताइरीले बताएका थिए । उनी त्यहाँ व्यवस्थापन मिलाउन चाँडै गएका हुन् ।

अखिल नेपाल फुटबल संघ एन्फाले बिहीबार नेपाली टोलीलाई बिदाइ गरेको थियो । कतारमा प्रशिक्षणपछि नेपाली टोली सेप्टेम्बर २७ मा साफ च्याम्पियनसिपका लागि उतैबाट माल्दिभ्स जानेछ । १३औं संस्करणको साफ च्याम्पियनसीप अक्टोबर १ देखि १६ सम्म हुनेछ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top