सभामुखले १० वर्षे जनयुद्धको गुरिल्ला पारा देखाए : गंगा चौधरी

सभामुखले १० वर्षे जनयुद्धको गुरिल्ला पारा देखाए : गंगा चौधरी

२५ भदाै, काठमाडाैँ ।

नेकपा एमालेकी सांसद गंगा चौधरीले सभामुख र अर्थमन्त्रीको यो भूमिका मर्यादा बाहिर भएको बताएकी छन् । शुक्रबारको संसद बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिदैँ उनले सभामुखले यो भूमिका १० वर्षे जनयुद्धको गुरिल्ला पाराबाट देशलाई बन्दी बनाउने रणनीतिका साथ खेलेको बताउँदै यसले संसदीय मर्यादाको धज्जी उडेको बताइन् ।

सांसद चौधरीले भनिन्- ‘सफल हुन हामी आफू प्रयास गर्ने हो, बास्तवमा यो शैलीबाट संसदीय व्यवस्थाको धज्जी उडेको छ, सभामुखको यो भूमिका आफ्नो मर्यादा भन्दा बाहिर छ, संसदीय मर्यादा भनेको एउटा सांसद सदन भित्र उठ्यो भने त्यसलाई अवरोधको संज्ञा दिइन्छ, तर संसद भित्रको प्रमुख प्रतिपक्षले समग्र सांसदहरुले आवाज उठाउँदा देशको महत्वपूर्ण विषयहरुमा पनि कम्तिमा कार्यव्यवस्था परामर्श समितिको पनि छलफल नगरी, बैठक नगरी, परामर्श नगरी, प्रमुख प्रतिपक्ष साथ नलिकन संसद यो तरिकाले चलाउनुको शैली के हो भने १० वर्षे जनयुद्धको गुरिल्ला पाराबाट देशलाई बन्दी बनाउने रणनीतिको साथ सभामुखले जुन काम गर्नुभएको छ, यो संसदीय मर्यादाको धज्जी उडाउनुभएको छ ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.