×

NEPAL TIMES UPDATES

Playing
सुधन गुरुङ २६ दिनमै गृह मन्त्रालयबाट बाहिरिए|| Nepal Times
Apr 22, 2026
Playing
World News: होर्मुजमा जहाजमाथि इरानी आ*क्र*मण, ‘ठूलो क्षति’को आंकलन || Nepal Times
Apr 22, 2026
Playing
छानबिनको बाटो खुला गर्दै गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा#SudhanGurung
Apr 22, 2026
Playing
Thailand bridge योजना के हो? खाडीले बदलियो रणनीति || Nepal Times
Apr 22, 2026
Playing
Top 15 Afternoon News || April-22-2026 || Nepal Times
Apr 22, 2026
Playing
काठमाडौं आएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?|| Nepal Times
Apr 22, 2026
Playing
बाब अल–मन्डेब इरानको नयाँ हतियार, ट्रम्पनीतिको विरुद्धमा नयाँ ‘कार्ड’|| Nepal Times
Apr 22, 2026
Playing
हर्क साम्पाङले देखाइरहेको राजनीतिक परिपक्कता || Nepal Times
Apr 22, 2026
Playing
दीपक साहलाई “राइट टु रिकल”, सुदन गुरुङलाई.............. ?|| Nepal Times
Apr 22, 2026
Playing
इरान, टर्कीए र यूएईका १४ संस्था र व्यक्तिमाथि अमेरिकी प्रतिबन्ध|| Nepal Times
Apr 22, 2026

पीएनजीमाथि नेपालको कीर्तिमानी जित, सन्दीपले लिए ६ विकेट

२६ भाद्र २०७८

२६ भदौ, काठमाडौँ।
लेगस्पिनर सन्दीप लाछिमानेले करिअरकै उत्कृष्ट प्रदर्शन गर्दा नेपालले पपुवा न्युगिनीमाथि कीर्तिमानी जित हात पारेको छ । अल अमरेत क्रिकेट मैदान ओमानमा भएको खेलमा नेपालले पिएनाजीलाई दोस्रो ओडिआई खेलमा १ सय ५१ रनको फराकिलो अन्तरले पराजित गरेको हो । पहिलो खेलमा २ विकेटको जित हासिल गरेको नेपालले सिरिज २–० ले जितेको छ ।

नेपाली क्रिकेटको ओडिआईमा यो नै सर्वाधिक ठूलो जित हो । जितको लागि २ सय ३४ रनको विजयी लक्ष्य पछ्याएको पिएनजी १९।१ ओभरमा ८२ रनमा अल आउट भयो । यसअघि नेपालको ओडिआईमा सर्वाधिक ठूलो जित यूएईविरुद्ध २०१९ मा १ सय ४५ रनको रहेको थियो ।

Advertisement
Advertisement

ओपनर लेगा सियाकालाई तीव्र गतिका बलर सोमपाल कामीले दोस्रो ओभरको तेस्रो बलमा ४ रनमा बोल्ड आउट गर्दै उत्कृष्ट सुरुवात दिलाएका थिए । अर्का तीव्र गातिका बलर विक्रम सोबले कप्तान असाद भालालाई चौथो ओभरको पाँचौं बलमा विकेटकिपर विनोद भण्डारीबाट एक रनमा क्याच गराउँदै पिएनजीलाई ११–२ को अवस्थामा पुर्याए ।

दशौं ओभरको चौथो बलमा टोनी उरालाई रोहितले १९ रनमा रन आउट गर्दै नेपाललाई महत्वपूर्ण सफलता दिलाए । उराले ३५ बलमा २ चौका प्रहार गरे । त्यसपछि सन्दीप पिएनजीको ब्याटिङ ध्वस्त बनाएका थिए । सन्दीपले १२ औं ओभरको दोस्रो बलमा चाल्र्स अमिनीलाई १६ रनमा एलबीडब्लू आउट गरे । अमिनिले २५ बलमा १ चौका प्रहार गरे । सन्दीपले विकेटकिपर किप्लिङलाई ४ रनमा बोल्ड आउट गर्दा पिएनजी १३।४ ओभरमा ५२–५ को दयनीय अवस्थामा पुगेको थियो ।

सन्दीपले १६ औं ओभरको अन्तिम बलमा सेसे बाउलाई ११ रनमा बोल्ड आउट गरेपछि नेपाल जिततर्फ उन्मुख भएको थियो । सन्दीपले १८ औं ओभरको गौडी टोकालाई १० रनमा क्याच आउट गराए । यसै ओभरको अन्तिम बलमा चन्द सोपरलाई शून्यमा बोल्ड आउट गर्दै दोस्रो पटक ओडिआईमा पाँच विकेट लिन सफल भए । सन्दीपले ५।१ ओभरमा ११ रन खर्चेर ६ विकेट लिए । सोमपाल कामी, विक्रम सोब र सुशान भारीले एक एक विकेट लिए ।

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले ४९।३ ओभरमा २ सय ३३ रनमा अल आउट भएको थियो । नेपालका लागि युवा ब्याट्सम्यान रोहित कुमार पौडेलले १ सय २३ बलमा २ चौका र ३ छक्का सहित सर्वाधिक ८६ रनको योगदान दिए । करण केसीले तल्लोक्रममा २६ बलमा २ चौका र ४ छक्का सहित ४२ रनको आक्रामक इनिङ खेल्दै आउट भएका थिए । सातौं विकेटका लागि रोहित र करणले ६६ रनको उत्कृष्ट साझेदारी गरेका थिए ।

रोहितले ७९ बलमा आफ्नो ओडिआई करिअरको दोस्रो अर्धशतक पूरा गरेका थिए । यसअघि पिएनजीविरुद्ध पहिलो खेलमा नेपाललाई संघर्षपूर्ण दुई विकेटको जित दिलाउन रोहितले सर्वाधिक महत्वपूर्ण ४१ रनको इनिङ खेलेका थिए । शुक्रबारको खेलमा मिडअनमा टोनी उराले क्याच ड्रप गरेपछि रोहितले ब्यक्तिगत ३७ रनमा जीवनदान पाएका थिए ।

तेस्रो ओभरको पहिलो बलमै ओपनर आसिफ शेख तीन रनमा क्याच आउट हुन पुगेका थिए । तीव्र गतिका बलर काबुआ मोरियाको बलमा आसिफ सेसे बाउबाट क्याच आउट भएका थिए । तीव्र गतिका बलर नर्मन भानुआको चौथो ओभरको पाँचौं बलमा कुशल भुर्तेल एज लागेर विकेटकिपर किप्लिङ डोरीयाबाट तीन रनमा क्याच आउट भएपछि नेपालले खराब सुरुवात गरेको थियो । कुशल आउट हुँदा नेपाल ९–२ को कमजोर अवस्थामा थियो ।

उक्त खराब सुरुवात गरेको नेपालका लागि रोहित र ज्ञानेन्द्र मल्लले तेस्रो विकेटका लागि ८९ रनको कीर्तिमानी साझेदारी गरेका थिए । नेपाली ओडिआई इतिहासमा यो कुनैपनि विकेटका लागि भएको उच्च साझेदारी हो । यसअघि ओडिआईमा नेपालबाट सर्वाधिक ठूलो साझेदारी छैटौं विकेटका लागि कुशल मल्ल र विनोद भण्डारीले गत वर्ष अमेरिकाविरुद्ध गरेको ८४ रन थियो ।

ज्ञानेन्द्र ७० बलमा ३ चौका र २ छक्का सहित ४५ रनमा एलबीडब्लू आउट भए । मध्य गतिका बलर चन्द सोपरले २५ औं ओभरको पहिलो बलमा एलबीडब्लू आउट गरेपछि ओडिआई करिअरको तेस्रो अर्धशतक बनाउन ज्ञानेन्द्र पाँच रनले चुकेका थिए । विनोद भण्डारी १७ रनमा रन आउट हुन पुगे । ३५ औं ओभरको दोस्रो बलमा नर्मन भानुआको डाइरेक्ट थ्रोमा विनोद दुर्भाग्य पूर्ण रन आउट भएका थिए ।

युवा ब्याट्सम्यान कुशल मल्ल एक रनमा क्याच आउट भए । लेगस्पिनर चाल्र्स अमिनिको गुगली बलमा ठूलो सट खेलेका कुशल एज लागेर फस्ट स्लिपमा सेसे बाउबाट क्याच आउट हुन पुगेका थिए । सोमपाल कामी ठूलो सर्ट खेल्ने धुनमा डिप मिडविकेटबाट सोपरबाट ११ रनमा क्याच आउट हुन पुगे ।

व्यक्तिगत १८ रनमा सेसे बाउले क्याच ड्रप गर्दा करणले जीवनदान पाएका थिए । रोहित र करण ४९ औं ओभरम लगातार आउट भएका थिए । करण तेस्रो बलमा ठूलो सर्ट खेल्ने धुनमा कप्तान असाद भालाबाट क्याच आउट भएका थिए । रोहित स्कुप सट खेल्नेक्रममा टोनी उराबाट समानिएपछि आफ्नो करिअरकै पहिलो शतक बनाउन चुकेका थिए ।

नेपालले अन्तिम एक रन जोड्दा चार विकेट गुमाएको थियो । एक समय नेपाल ४८।२ ओभरमा २३२–६ को अवस्थामा थियो । तर थप एक रन जोड्न चार विकेट गुमाउँदै अल आउट भयो ।

Advertisement

पिएनजीका काबुआ मोरियाले १० ओभरमा १ मेडन सहित २६ रन खर्चेर २ विकेट लिए । चन्द सोपरले ९ ओभरमा ४५ रन खर्चेर ३ विकेट लिए । नर्भन भानुआ २ र चाल्स अमिनिले एक विकेट लिए ।

भर्खरको समाचार

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

गृहमन्त्री सुधन गुरुङले दिए राजीनामा

b50ca935-e218-4b61-b637-facd118a9d76

बालेनले कसरी कमाए सामाजिक सञ्जालबाट १ करोड ४६ लाख ?

666707698_875077882223921_4422618132601218086_n

काठमाण्डौआएका अमेरिकी मन्त्रीले बालेनलाई भेटेनन्, तीन दिन के गरे ?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

इरानसँग अझै घातक हतियारहरू सुरक्षित, भान्सको पाकिस्तान भ्रमण रद्द

iran-flag_TkC5X0MaQr

ट्रम्पले युद्धविराम लम्ब्याए, नाकाबन्दी जारी, ८ महिला रिहा गर्न गुहार

250126-donald-trump-236p-09e14b

इरानयुद्धको विरोध गर्ने ६२ पूर्व अमेरिकी सैनिक परिवारसहित पक्राउ

islamabadtalks-1775911434-1775912162

सुशासनको जगमा बनेको सरकारमाथि नै सुशासनको प्रश्न?

666707698_875077882223921_4422618132601218086_n

‘राज्यले जनतालाई न्याँक्ने र घोक्रयाइमुन्ट्याइ गर्ने होइन’,गृहमन्त्रीको राजीनामा उत्तम

harka-sampang-samsad (1)

३९ विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स

Security Printing Press_Driving Licence Printing_ (4).jpg

सम्बन्धित खबरहरु

Scroll to Top