५ लाख गरीब तथा विपन्न परिवारलाई सरकारले १० हजार नगद अनुदान दिने

Share this
684shares

२६ भदौ, काठमाडौं ।

Advertisement

सरकारले कोरोना महामारीका कारण रोजगारी तथा आजआर्जन गुमाएका गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरीब तथा विपन्न परिवारलाई प्रति परिवार १० हजार नगद अनुदान दिने भएको छ । शुक्रबार बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले यस्तो घोषणा गरेका हुन् ।

उनले भने, ‘कोभिड-१९ का कारण रोजगारी र आयआर्जन गुमाएका अनौपचारिक एवं असंगठित क्षेत्रका गरिव तथा विपन्न करीब ५ लाख परिवारलाई एक पटकका लागि प्रति परिवार रु १० हजार निश्चित मापदण्डका आधारमा नगद अनुदान प्रदान गर्ने प्रबन्ध गरेको छु ।’

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top