नेपाल ओलम्पिक कमिटीका पूर्वअध्यक्ष रुक्मशम्शेर राणाकाे निधन

२६ भदाै, काठमाडाैँ ।

Advertisement

नेपाल ओलम्पिक कमिटीका पूर्व अध्यक्ष रुक्म शमशेर राणाको निधन भएको छ । उनले  ८५ वर्षको उमेरमा शुक्रबार राति ९ः४५ बजे निधन भएको हाे।

नेपाल ओलम्पिक कमिटी स्रोतले उनको पारिवारलाई उदृत गर्दै निधनको पुष्टि गरेको छ । पछिल्लो समय उनको स्वास्थ्य स्थितिमा विविध समस्या देखिएको थियो । उपचारका क्रममा राणाको​ हिजोमात्रै डायलाइसिस भएको थियाे ।

Advertisement

राणा नेपाली काँग्रेसका संस्थापक नेता सुवर्ण शम्शेरका छोरा हुन् । सुवर्ण शम्शेर निर्वासनमा रहेका बेला सन् १९३६ मा कोलकातामा राणाको जन्म भएकी थियो । राणाले कोलकाताबाटै इतिहासबारे स्नातकोत्तर गरेका थिए ।

उनले राष्ट्रिय खेलकुद परिषद्को सदस्य सचिव, नेपाल ओलम्पिक कमिटीको अध्यक्ष र भारतका लागि नेपाली राजदूतका रूपमा पनि जिम्मेवारी निभाइसकेका छन् । उनको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जानकारी दिएको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top