२७ भदौ, काठमाडौं ।
समाचार संकलनका क्रममा पत्रकार माथी प्रहरीले दुर्व्यवहार गरेको छ । एभिन्यूज खबरकर्मी शितल रिजाल र सुरेश रजकमाथि प्रहरीले दुव्यवहार गर्दै हातपात गरेको हो ।
एभिन्यूज खबरकर्मीमाथि प्रहरीले हातपात गरेको घटनाप्रति मिडिया एलायन्स नेपालले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै एलायन्सका अध्यक्ष भाष्करराज राजकणिर्कारले पत्रकारमाथि गरिएको हातपातको घटना निन्दनीय भएको बताएका छन् ।
यस्तै विज्ञप्तिमा एलायन्सले एभिन्युजकर्मीमाथि गरिएको आक्रमण समग्र स्वतन्त्र प्रेसमाथिको आक्रमण भएको जनाउदै घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न पनि माग गरेको छ ।
समाचार संकलनका लागि काठमाडौँको नक्सालस्थित होटल मेरियट पुगेका एभिन्यूज खबरकर्मी शितल रिजाल र सुरेश रजकमाथि प्रहरीले दुव्र्यवहार गर्दै हातपात गरेको थियो ।
दरवारमार्ग प्रहरी प्रमुख रामेश्वर पौडेल नेतृत्वको टोलीले पत्रकारद्वयमाथि हातपात गरेको हो । प्रहरीले उनीहरुको क्यामेरा खोसेर तोडफोड समेत गरेको थियो ।
एमसीसी उपाध्यक्ष फातिमा सुमार र केही राजनीतिक दलका नेताबीच भेटघाट हुने खबर पाएपछि समाचार संकलनका लागि शुक्रबार राति ११ः०० बजे मेरियट होटल पुगेका पत्रकारद्वय रिजाल र रजकलाई प्रहरीले डेढ घण्टा नियन्त्रणमा लिएर समाचार संकलनमा रोक लगाएको थियो ।