२७ भदौ, काठमाडौं ।
हप्ताको पहिलो दिन आज सुन चाँदीको भाउ घटेको छ ।
सुनको भाउ आज ४ सय रुपैयाँ घटेर तोलाको ९० हजार ३ सय रुपैयाँ तोकिएको छ । अस्ति शुक्रवार सुनको भाउ तोलामा ९० हजार ७ सय रुपैयाँ तोकिएको थियो ।
चाँदीको भाउ पनि आज अस्तिभन्दा तोलामा २० रुपैयाँ घटेर तोलाको ११ सय ९५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

