ओलीले आफ्नै अहंकारको कारण सत्ताबाट बाहिरिनु परेको हो– नेपाल

ओलीले आफ्नै अहंकारको कारण सत्ताबाट बाहिरिनु परेको हो– नेपाल

२७ भदौ, काठमाडौं ।

नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नै अहंकारका कारण सत्ताबाट बाहिरिनु परेको टिप्पणी गरेका छन्।

’सत्तामा हुँदा अहंकारको घोड्सवार थियो, त्यही अहंकारले सत्ताबाट बाहिरनु प¥यो,’ परशुराम तामाङद्वारा लिखित नेपाली ’कम्युनिस्ट आन्दोलनको कार्यदिशा’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै नेपालले भने।

ओलीले सत्तामा हुँदा आसेपासे र दलाल पूँजीवादीलाई पोस्ने काम गरेको नेपालले आरोप लगाए। नेपाल नेपालले ओली जस्ता कम्युनिस्टले समग्र कम्युनिस्ट आन्दोदनलाई बद्नाम बनाएको बताए।

पेरु, इण्डोनेसियालगायत देशका कम्युनिस्ट आन्दोलनको उदाहरण दिँदै नेपालले समय सान्दर्भिक कार्यनीति परिवर्तन गर्न नसक्दा आन्दोलन कमजोर भएको बताए।

कम्युनिस्ट पार्टीले समय परिस्थितिअनुसार आफूलाई रुपान्तरण गरेर जानुको विकल्प नभएको नेपालको भनाइ थियो।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.