माधव नेपालसहित १४ सांसदलाई कारबाही गरेको सूचना जारी नगरेसम्म संसद् चल्न दिँदैनौँ : नेम्वाङ

२७ भदौ, काठमाडौं ।

Advertisement

नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूहरुमाथि भेदभाव भएकाले सदनमा गतिरोध आएको बताएका छन्। उनले सदनको गतिरोधलाई अनिश्चित बनाउने काम भएको बताए।

’हामीले भेदभाव भएको महसुस गरिरहेका छौं। जसपा र नेकपा माओवादी केन्द्रको हकमा उहाँहरुले उजुरी दिनासाथ कारबाहीको सूचना भयो। तर, हामीले गरेकोमा किन भएन? हाम्रो प्रश्न त यो हो। जिज्ञासा हो। हामीलाई शान्त गर्नासाथ सबै चिज ठीक हुन्छ’, उनले भने।

Advertisement

एमालेले सभामुख र एकीकृत समाजवादीका १४ जना सांसदलाई स्वीकार्ने अवस्था नआएसम्म वार्ता हुँदैन भनिरहेको छ नि भन्ने प्रश्नमा नेम्वाङले भने– ’त्यसलाई सत्ता पक्षले सर्तको रुपमा राख्नुभएको होला भन्ने मलाई लाग्दैन। सर्तको रुपमा राख्नुभएको हो भने स्थिति अफ्ठ्यारो भयो भन्ने यहाँले बुझ्नुस्।’

एमालेले निष्कासन गरेका १४ जनाको हकमा अहिले पनि सूचना निकाल्न मिल्ने उनको भनाइ छ। ’कस्तोकस्तो अचम्मको काम त भइरहेको छ देशमा। यो त कानुन बमोजिमको काम हो। अब गर्ने नगर्ने उहाँहरुको कुरा’, उनले भने।

Advertisement

पटकपटक आफूहरुमाथि भेदभाव भएको बताएका नेम्वाङले सभामुखले १४ जनालाई पदमुक्त गरेको सूचना निकाले भने उनी अलिकति ठीक ठाउँमा आएका हो भन्ने आफूहरुलाई लाग्ने बताए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top