अष्टलक्ष्मीलाई समर्थन नदिने नेकपा एसको निर्णय, बागमती सरकार संकटमा

२७ भदौ, काठमाडौं ।

Advertisement

नेकपा (एकीकृत समाजवादी)ले बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य नेतृत्वको नेकपा (एमाले)को सरकारलाई समर्थन नरहेको जानकारी संसद् सचिवालयलाई गराउने भएको छ

आज बसेको संसदीय दलको बैठकले शाक्य नेतृत्वको सरकारलाई समर्थन नगर्ने निर्णय गर्दै यसबारे सचिवालयलाई जानकारी गराउने निर्णय गरेको सांसद वसन्त मानन्धरले जानकारी दिए।

Advertisement

उनका अनुसार बैठकले संसदीय दलको नेतामा राजेन्द्रप्रसाद पाण्डेलाई चयन गर्ने निर्णय गरेको छ। यस्तै एकीकृत समाजवादीको संसदीय दलको विधानसमेत पारित गरेको छ।

एकीकृत समाजवादीले समर्थन नगरेसँगै बागमतीमा शाक्य नेतृत्वको नेकपा एमालेको सरकार अल्पमतमा परेको छ। अब मुख्यमन्त्री शाक्यले विश्वासको मत लिने वा राजीनामा दिनेमम्ये एक विकल्प रोज्‍नुपर्नेछ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top