एमसीसी उपाध्यक्षले भनिन्– संसदबाट सम्झौता अनुमोदन हुनेमा आशावादी छु

एमसीसी उपाध्यक्षले भनिन्– संसदबाट सम्झौता अनुमोदन हुनेमा आशावादी छु

२७ भदौ, काठमाडौं ।

चार दिने नेपाल भ्रमणमा रहेकी अमेरिकी सहायता परियोजना, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को कम्प्याक्ट सञ्चालन विभागकी उपाध्यक्ष फातिमा सुमारले नेपाल र अमेरिकाबीच भएको एमसीसी सम्झौता कार्यान्वयन हुनेमा आफू आशावादी रहेको बताएकी छन्।

चार दिने नेपाल भ्रमणमा रहेकी सुमारले भ्रमण सकेर फर्कनुअघि आइतबार आयोजित पत्रकार सम्मेलनमा यस्तो आशा व्यक्त गरेकी हुन्।

नेपालले ५०० मिलियन अमेरिकी डलर अनुदान पाउनेगरी चार वर्षअघि भएको यो सम्झौता कार्यान्वयनका लागि संसदबाट अनुमोदन हुनुपर्ने व्यवस्था छ। त्यसका लागि राजनीति नै दुई ध्रुबमा विभाजित रहेका बेला सुमार नेपाल आएकी थिइन्।

नेपालमा रहँदा उनले प्रधानमन्त्री शेरबहादुर देउवा र सबैजसो प्रमुख दलका शीर्ष नेतालाई भेटेकी थिइन्। भेटका क्रममा आफूले यो सहयोग नेपालका लागि किन आवश्यक छ भनेर बुझाउने प्रयास गरेको उनले पत्रकार सम्मेलनमा बताइन्।

‘मैले धेरै नेताहरुसँग कुरा गरेँ, उहाँहरुलाई यसको महत्व बुझाउने प्रयास गरेँ’, सुमारले भनिन्, ‘उहाँहरुसँगको कुराकानीबाट म आशावादी छु। यो चाँडै अनुमोदन भएर कार्यान्वयनमा जान्छ भन्ने मलाई पूर्ण आशा छ।’

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.