बिपी प्रतिष्ठानका स्वास्थ्यकर्मी नियमित काममा फर्के

२६ भदौ ७८, आइतबार

२७ भदौ, सुनसरी ।

बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा ओपिडीसहितका सबै उपचार सेवा बन्द गरेर आन्दोलनमा उत्रिएका स्वास्थ्यकर्मी एक सातापछि काममा फर्किएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति जारी गर्दै आन्दोलनरत संयुक्त संघर्ष समितिको धेरै माग पूरा भएको र बाँकी पूरा हुने प्रक्रियामा रहेको जानकारी गराएपछि स्वास्थ्यकर्मी नियमित काममा फर्केका हुन् । योसँगै आजैदेखि ओपिडीसहितका अन्य सेवाहरू पनि सुचारु भएको छ ।

संघर्ष समितिका सदस्य डा. पदम नेपाललीले स्वास्थ्य मन्त्रालयसहित सबै पक्षबाट अनुरोध भएका कारण ओपिडीसहितका सबै सेवाहरू सञ्चालनमा आएको बताए ।

उनले उपकुलपतिसहितका पदाधिकारीको कार्यकक्षमा लागेको तालाबन्दी भने यथावत रहेको प्रष्ट पारे । साथै, पदाधिकारीहरू चढ्ने गाडीको चाबी नियन्त्रण पनि यथावत रहने उनले बताए ।

उच्चस्तरीय कार्यदलको प्रतिवेदन र मन्त्रालयले गरेको ६ बुँदे सहमति कार्यान्वयन गर्न सरकारले ढिलासुस्ती गरेपछि आन्दोलनरत पक्षले एक साताअघिदेखि इमरजेन्सी र कोभिड अस्पतालबाहेक सबै सेवा बहिष्कार गरेको थियो । उनीहरूले नियमित सेवा ठप्प पारेर एक सातादेखि उपकुलपति कार्यालय अगाडि विरामीलाई बाहिरैबाट सेवा दिएका थिए ।

सहमति पुनः कार्यान्वयनमा ढिलासुस्ती भएमा कडा आन्दोलन गर्ने संघर्ष समितिले जनाएको छ ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top