×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

यसकारण प्रहरीको ‘नोटिस’मा परेका थिए लोकबहादुर

२८ भाद्र २०७८

संखुवासभा : संखुवासभाको मादी–१ खोलागाउँका एकै परिवारका ६ जनाको हत्यापछि अनुसन्धानमा जुटेको प्रहरीले हत्याको एक साता नबित्दै अभियुक्त पक्राउ गरी आइतबार सार्वजनिक गरेको छ । घटनामा सफलतापूर्वक अनुसन्धान गरेको भन्दै प्रहरीले वाहवाही त कमाएको छ नै प्रहरीले छोटो समयमै कसरी हत्याराको पहिचान ग-यो भन्ने कौतुहलता पनि उब्जेको हुन सक्छ । यहाँ हामीले यही पाटोलाई केलाएका छौं ।

हत्या घटनापछि अनुसन्धानका लागि प्रदेश १ का डीआईजी अरुणकुमार बीसी, केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)का डीएसपी रुगम कुँवर, संघीय प्रहरी इकाइबाट एसपी भीम ढकालको टोली, जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी लालध्वज सुवेदीको टोली, इलाका प्रहरी कार्यालयको अर्काे टोली पुगेको थियो । ती सबै टोलीले आ आफ्नो तवरले अनुसन्धान प्रक्रिया अघि बढाएका थिए । फलस्वरूप हत्याको पाँचौं दिन प्रहरीले २६ वर्षीय लोकबहादुर कार्कीलाई हत्या अभियोगमा पक्राउ ग¥यो ।

Advertisement
Advertisement

विविध पाटोमा अनुसन्धान अघि बढाएको प्रहरी टोलीले सुरुदेखि नै उनलाई आशंकामा नराखेको होइन । तर, विश्वस्त प्रमाण भने फेला पार्न सकेको थिएन ।

सुरुमै उनीप्रति आशंका गरिनुको पहिलो कारण हो, मृतक तेजबहादुर कार्कीको शव भएको ठाउँ । उनले जुन ठाउँमा तेजबहादुरको शव छ भनेका थिए, त्यो ठाउँबाट शव देखिँदैनथ्यो । त्यसो भए उनले कसरी त्यो ठाउँमा शव छ भने त ? प्रहरीले उनको यो भनाइलाई नोटिस गर्दै उनलाई शंकाको घेरामा राखेको थियो । र, भित्री रूपमा जवाफ पनि खोजिरहेको थियो । तर, उनको हाउभाउ, व्यवहार, शारीरिक अवस्थाका कारण प्रहरी आफंै अलमलमा परेको थियो ।

मृतक लोकबहादुरको घरबाट करिब २० मिटरको दूरीमा तेजबहादुरमाथि पहिलोपटक प्रहार भएको थियो । जुन ठाउँमा रगत पनि देखिएको थियो । तर, भाग्ने क्रममा उनी सडकको तल्लो भागमा पुगे । त्यहीँ उनको मृत्यु भएको थियो । तर, बाटोबाट शव भने देखिँदैनथ्यो ।

तर, कक्षा १० मा अध्ययनरत नातामा लोकबहादुरका भाइ पर्ने एक किशोरलाई उनले तेजबहादुरलाई कसले मारेछ भनेर सोध्न लगाएका थिए ।

उनीमाथि प्रहरीले शंका गर्नुको अर्काे कारण हो, तेजबहादुरको हत्या भएको स्थान । तेजबहादुरको हत्या भएको स्थान लोकबहादुरको घरनजिकै थियो । यदि कोही आपराधिक गिरोहले तेजबहादुर र उनको परिवारको हत्या गरेको थियो भने उनकै घर आसपासमा हुन सक्थ्यो । तर, कसरी लोकबहादुरको घरनजिक हुन गयो ? यसलाई पनि प्रहरीले अनुसन्धानको विषय बनाएको थियो ।

अर्काे कुरा हो, जुन ठाउँमा तेजबहादुरको हत्या भएको थियो । त्यसबेला लोकबहादुरका बाबु र भाइ घरमा थिएनन्, लोकबहादुर मात्रै थिए । यदि बाहिरका मान्छेबाट तेजबहादुरको हत्या भएको थियो भने नजिकै रहेका उनले किन थाहा पाएनन् ?

जुन ठाउँमा तेजबहादुरको शव भेटिएको थियो, त्यहाँबाट २५-३० मिटरको दूरीमा सासुबुहारीको शव भेटिएको थियो । सय मिटरको दूरीमा नाबालक नाबालिकाको शव भेटिएको थियो । ८४ वर्षीय वृद्धाको घरमै हत्या भएको थियो । यो विषयलाई पनि प्रहरीले गम्भीरताका साथ लिएको थियो । घटनास्थललको गम्भीर पाटो केलाउने क्रममा प्रहरी टोली चिनेजानेको मान्छेकै हातबाट घटना भएको निष्कर्षमा पुगेको थियो । अझ प्रहरी टोली एक कदम अघि बढेर यसमा मानसिक रूपमा अस्वस्थ व्यक्तिको संलग्नता रहेको ठहरमा पुगेको थियो ।

त्यसो त सुरुमा प्रहरी आर्थिक कारण हत्या घटना भएको निष्कर्षमा पुगेको थियो । जब घरभित्रै ८ लाख ८९ हजार रुपैयाँ नगद र गरगहना सुरक्षित रूपमा भेटिए, प्रहरी आर्थिक कारण हत्या नभएको निष्कर्षमा पुग्यो । अर्काे कुरा, मारिएका महिलाले लगाएका गहना पनि उनीहरूकै साथमा थियो । त्यसपछि मात्रै हो, प्रहरीले घटनाको अनुसन्धानको पाटोलाई बदलेको ।

Advertisement

त्यसपछि प्रहरीले लोकबहादुरको घर खानतलासी ग¥यो । जब प्रहरीले उनको घरभित्र रहेको बाकसमा रगत लागेको हाफपेन्ट र कालो भेस्ट भेट्यो, उनैले हत्या गरेको भन्ने प्रमाण बलियो बन्दै गयो ।,याे समाचार राजधानी दैनिकमा छापिएकाे थियाे ।

भर्खरको समाचार

कांग्रेस प्रति दिलदार रास्वपा ! भ्रष्टचारको फाइल अड्काउने श्रम संस्कृतिलाई डर

harka-and-rabi-2-1711872787

पार्टीमा कुर्सी हल्लिएपछि प्रचण्डको ’त्यो’ र ओलीको ’यो’ स्वार्थ मिल्यो

_126009314_prachanda_oli_

अब अस्पतालमा पनि दुई दिन बिदा, आकस्मिक सेवा सञ्चालन हुने

swasthya-mantralaya

बालेन,रवि, प्रचण्डले आमालाई कसरी सम्झिए ? म नेपाल आमा हाँसेको हेर्न चाहन्छु।

674536346_955343240419027_988202194885674559_n (1)

“आमा”

cdc212c1-c8e6-4838-a4f5-496822c8e048

Lebanon–Israel  १० दिन शान्त,Iranसँग सम्झौता नजिक

thumbs_b_c_28fdaf3eb721532ff51d5afdea914410

आज र भोलि तराईमा तातो दिन रहने, सतर्कता अपनाउन आग्रह

Heat,,Thermometer,Shows,The,Temperature,Is,Hot,In,The,Sky,

जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि महान् हुन्छन्

Screenshot 2026-04-17 100512

गृहमन्त्री सुधनको एक्सनदेखि राजीनामा मागिएकोसम्म

666054673_1250746363833654_2093017393456223042_n

अमेरिकी अखडामा हान्न इरानलाई चीनकोे स्याटलाइट सहयोग

108271690-1772409830437-gettyimages-2204438991-AFP_37287VV

सम्बन्धित खबरहरु

४ बैशाख २०८३
Scroll to Top