‘अब लगातार ठूलो झरी नपर्ने तर स्थानीय वायुको प्रभावले केही ठाउँमा ठूलो पानी पर्न सक्ने’

२७ भदौ ७८, सोमबार

२८ भदौ, काठमाडौं ।

Advertisement

मौसमविद्ले अब बिस्तारै पानी पर्न कम हुँदै जाने बताएका छन् ।

मनसुनी गतिविधि कमजोर हुँदै गएकाले अब लगातार ठूलो झरी पर्ने सम्भावना नरहेको मौसमविद् मिनकुमार अर्यालले बताए । तर, स्थानीय वायुको प्रभावका कारण केही ठाउँमा भने ठूलो पानी पर्न सक्ने उनले बताए ।

Advertisement

स्थानीय वायुको प्रभावले कुनै एक ठाउँमा केहीबेर ठूलो पानी पर्छ तर त्यहीँ नजिकै भने पानी नपर्न पनि सक्छ । स्थानीय वायुको असरले मेघगर्जनसहित खण्डखण्ड भएर ठूलो पानी पर्ने मौसमविद् अर्यालले बताए ।

उनका अनुसार स्थानीय वायुले पार्ने असरको पूर्वानुमान गर्न नै कठिन हुन्छ । अब मनसुनी न्यूनचापीय प्रणालीको असर भने कम मात्रै पर्ने मौसमविद्को अनुमान छ । नेपालमा सामान्यतया जुन १० तारिखमा मनसुन भित्रन्छ भने सेप्टेम्बर २३ तारिखमा बाहिरिन्छ ।

Advertisement

तर, यसमा केही दिन घटबढ भने हुने गरेको छ । आज सेप्टेम्बर १३ तारिख भइसकेको छ । यसले गर्दा पनि अब लगातार ठूलो झरी पर्ने सम्भावना कमै रहेको मौसमविद् अर्यालले बताए ।

मौसमविद्ले आज देशका धेरै ठाउँमा हल्कादेखि मध्य खालको वर्षा हुने सम्भावना रहेको बताएका छन् । दिउँसो र बेलुका काठमाण्डौ उपत्यकामा पनि मेघगर्जनसहित पानी पर्ने अनुमान छ । गएको २४ घण्टामा गोरखाको बारपाकमा सबैभन्दा धेरै ७७ मिलिमिटर वर्षा भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top