विषालु सर्पले टोक्दा एक बालकको मृत्यु

२७ भदौ ७८, सोमबार

२८ भदाै, अछाम ।

Advertisement

अछाममा विषालु सर्पले टोक्दा एक जना बालकको मृत्यु भएको छ । जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ३ हिच्माका ११ वर्षीय बालक गणेश बुढाको विषालु सर्पले टोक्दा मृत्यु भएको हो ।

सोमवार बिहान करिब ४ बजे तिर घरमा सुतिरहेको अवस्थामा उनलाई सर्पले टोकेको मृतकका आफन्त नमराज बुढाले बताए । मृतक बुढालाई उपचारका लागि अस्पताल लैजाने तयारी गर्दा गर्दै बालकको मृत्यु भएको अछाम प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top