नेपालको अग्लो स्थानबाट चिज उत्पादन हुने

२८ भदाै, रसुवा ।

नेपालकै पहिलो चिज उत्पादन केन्द्र लाङटाङले आगामी बर्षदेखि अग्लो स्थानबाट चिज उत्पादन सुरु गर्ने भएको छ । सन २००९ मा स्थापना भएको केन्द्रले ५ हजार ५ सय मिटर उचाइमा रहेको यालाखर्क बाट चिज उत्पादन सुरु गरन लागेको हो ।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका–४ स्थित क्यान्जिन, छेप्चे र लाङसिसा बाट केन्द्रले चिज तथा मखन उत्पादन गर्दै आएकोमा चौरीपालक कृषकको अनुरोधमा यालाखर्क बाट पनि उत्पादन सुरु गरन लागेको केन्द्रका प्रमुख ग्याल्बो तामाङले बताए ।

केन्द्रले लाङटाङमा वार्षिक ५ हजार केजी सम्म चिज उत्पादन गर्ने गरेको छ । बिगतमा उत्पादन भएको चीज लाङटाङ तथा क्यान्जिनमा रहेका होटलमा खपत हुने गरेकोमा पर्यटकको आवागमन नभए पछि दुग्ध विकास संस्थानले काठमाण्डौ लाने गरेको छ ।

भूकम्प पछि केन्द्रले चौरीपालक कृषक घटनु, उपकरणको अभाव, जनशक्तिको अभाव, कोभिड–१९ लगायतका कारण पूर्ण क्षमतामा चिज तथा मखन उत्पादन गर्न नसकेकोे केन्द्र प्रमुख तामाङले बताउनु भयो । अहिले केन्द्रमा दैनिक रूपमा १ सय ५० देखि २ सय लिटरसम्म दुध संकलन हुने गरेकोे छ ।

जिल्लामा दुग्ध विकास संस्थान अन्तर्गत पाँचवटा केन्द्र सञ्चालनमा छन् । जिल्लाको गोसाइँकुण्ड गाउँपालिकास्थित पाङ्लेखर्क, चन्दनबारी र लाङटाङ तथा आमाछोदिङ्मो गाउँपालिकाको गत्लाङ तथा सान्जेन्मा चिज उत्पादन हुँदै आएको छ ।

पाँच वटा केन्द्रमा वार्षिक ३६ हजार केजी चिज उत्पादन गर्ने क्षमता रहेको छ ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top