×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

शतक बनाउन चुके पनि टिमको जितमा खुसी छु: कुशल भुर्तेल

२९ भाद्र २०७८

२९ भदाै, काठमाडाैँ ।

कुशल र रोहितको ब्याटिङ चल्दा नेपालले आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा अमेरिकालाई पराजित ग¥यो । सम्हालएको ब्याटिङ प्रदर्शन गरेका युवा ब्याट्सम्यान कुशल र रोहितले कीर्तिमान पनि बताएका छन् । दुबैले आउँदा खेलमा पनि टोलीका लागि अझै मिहिनेत गर्ने बताए ।

Advertisement

ओमानको अल अमिरात क्रिकेट मैदानमा सोमबार नेपालल अमेरिकालाई ५ विकेटले पराजित गर्दै सिरिजमा सुखद सुरुआत ग¥यो । २ सय ३१ रनको लक्ष्य नेपालले ४९ ओभरमा मात्र ५ विकेट गुमाएर पूरा गर्दा नेपालले शानदार जित निकालेको हो । सिरिजको सुखद सुरुआत गर्ने क्रममा ओपनर कुशल भुर्तेल र रोहित पौडेलले उत्कृष्ट ब्याटिङ गरे । कुशल भुर्तेलले ८४ रनको अर्धशतकीय इनिङ्स खेल्दा ९३ बलमा ३ चौका र ३ छक्का प्रहार गरे । युवा ब्याट्स म्यान कुशलले करियरकै पहिलो एकदिवसीय अन्तराष्ट्रिय क्रिकेटमा पहिलो अर्धशतक समेत बनाएपछि टोलीका लागि खेल्न पाउँदा खुसी लागेको बताए । आफु शतकबाट चुकेको भएपनि टिमको जित निकै महत्वपुर्ण रहेको र त्यसमा नै खुसी रहेको बताए ।

सुरुआत राम्रो गरेको नेपालका लागि कुशलले पहिलो विकेटका लागि आसिफ शेखसँग ६६ रनको साझेदारी गरेका थिए । नेपाली क्रिकेटको एकदिवसीय अन्तर्राष्ट्रियमा नेपालको कीर्तिमानी साझेदारी हो । तेस्रो नम्बरमा आएका रोहित कुमार पौडेलले ६२ रनको अविजित अर्धशतकीय इनिङ्स खेल्दै नेपाललाई जित तर्फ डोराएका थिए । यस क्रममा पौडेलले लगातार दोस्रो अर्धशतक पूरा गर्दा खुसी लागेको बताए । उनले सुरुआत अलि ढिला भएपनि अन्त्यतिर लयमा आएको बताए ।

यस्तै नेपाली टोलीका कप्तान ज्ञानेन्द्र मल्ले नेपालको दुबै ब्याटिङ र बलिङमा नेपालको प्रदर्शन राम्रो भएको प्रतिक्रिया दिए । खेलमा ब्याटिङ गर्न सजिलो देखिएपछि रन लिनलाई कठिन भएको प्रतिक्रिया कप्तान ज्ञानेन्द्र मल्लले दिए । घरेलु टोलीसँगको प्रतिस्पर्धा चुनौति पूर्ण रहेको ज्ञानेन्द्रले बताए ।

Advertisement

सिरिज अन्तर्गत आजै नेपालले आयोजक ओमानसँग प्रतिस्पर्धा गर्दै छ । कठिन मानिएको टोलीविरुद्ध नेपालले नेपाली समय अनुसा दिउसो ४ः१५ बजे प्रतिस्पर्धा गर्दै छ । लिग–२ को सिरिज अन्तर्गत नै नेपालले घरेलु मैदानमा ओमानसँग दुई खेल खेलेको थियो । दुबै खेलमा नेपाल पराजित भएको थियो । सोही कारण नेपाली टोली सुखद नतिजाको खोजीमा मैदान उत्रिनेछ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top