×

NEPAL TIMES UPDATES

Playing
शनिबार बिहानदेखि सुकुम्बासी बस्तीमा डोजर चल्ने, जेनजीको मानव साङ्लो || Nepal Times
Apr 24, 2026
Playing
नेपालमा साइबर बुलिङका घटनाको चाङ, आइजीपीले देखाए यस्ता समस्या || Nepal Times
Apr 23, 2026
Playing
Watch Top50 News Of The Day || Baisakh-10-2083 || Nepal Times
Apr 23, 2026
Playing
Breaking व्यवसायी शेखर गोल्छा पक्राउ, दीपक भट्टका साझेदार || Nepal Times
Apr 23, 2026
Playing
ट्रम्पले नेटोलाई फुटाए! बनाए असल र बदमास नेटो सदस्यहरूको सूची || Nepal Times
Apr 23, 2026
Playing
सुकुम्बासी बस्तीमा डोजर चल्ने खबरपछिको तरंग || Nepal Times
Apr 23, 2026
Playing
बालेनलाई पर्खिरहेको जनकपुर चुरोट कारखाना || Nepal Times
Apr 23, 2026
Playing
ओली सरकारले दिएको ११४ रोपनी जग्गा बालेनले फिर्ता ल्याए || Nepal Times
Apr 23, 2026
Playing
काठमाडौंमा विदेशी मन्त्रीहरुको दौडधूप किन बढ्यो? अमेरिका, चीन र भारतको नजर || Nepal Times
Apr 23, 2026
Playing
World News: अमेरिकी क्षेप्यास्त्र भण्डार रित्तो, फोटो खिच्दा ठोक्किए दुई फाइटर जेट || Nepal Times
Apr 23, 2026

वैदेशिक असफलताले बनायो ‘सफल’ कृषक

२९ भाद्र २०७८

२९ भदाै, गलकोट।

मानिसको जीवनमा अनेकन घुम्ती आउँछ । कतिपय घुम्ती, बाध्यता, अप्ठ्यारा, कठिनाइ, सङ्कटले जीवनमा नयाँ आयाम ल्याउँदछ । बीस/बाइस वर्षको ठिटो हुँदा विदेश जाने मोहले निकै सताइरहेको थियो । बागलुङ नगरपालिका–१ रामरेखाका दुर्गा तिलिजा मगरको विदेश जाने भोकले धेरै ठाउँमा भौँतारिने बनायो । वैदेशिक रोजगारीको दौडमै लगातार आठ वर्ष काठमाडौँ धाउँदाधाउँदै बित्यो । उमेरले ३० पुग्नै थाल्यो । न विदेश सफल भयो, न नेपालमा कुनै रोजगारीको टुङ्गो लाग्यो ।

Advertisement
Advertisement

युरोप, अमेरिका जाने त कुनै सोच थिएन उनको । तर साउदी र कतारजस्ता खाडी मुलुकका लागि अन्तर्वार्ता दिँदै उनको आठ वर्ष बितेको पत्तै भएन । काठमाडौँ धाउँदाधाउँदै उनको हजाराँै रकमसमेत खर्च भइसकेको थियो । अन्ततः तिलिजाले ३० वर्षको उमेरमा आएर विदेश नजाने निर्णय लिए । सायद विदेशका लागि पाएको हण्डर र ठक्करले पाठ सिकायो । उनका निर्णयमा परिवारको पनि साथ, समर्थन रह्यो । वैदेशिक रोजगारीमा जाने सपना विफल भएपछि नयाँ कामका लागि सोच र प्रेरणा मिल्दै थियो । अहिले तिलिजाको दैनिकी फेरिएको छ । सरर्र स्कुटरमा कहिले बागलुङ बजार त कहिले कुश्मा बजारमा तरकारी, अण्डा, कुखुरा बेच्दै आएका छन् ।

उनी उमेरले अहिले ३७ वर्षको भए । तीस वर्षका उमेरमा थालेको कृषि तथा पशुपालन व्यवसाय फस्टाउँदै गयो । अहिले उनी सफल किसानका रूपमा परिचित भइसकेका छन् । बागलुङ –१० भकुण्डेस्थित काली गण्डकी किनारामा रहेको दब्ल्याङ बगरमा तीन रोपनी जग्गा भाडामा लिएर कृषि कर्म गरिरहेका छन् ।

सुरुका पाँच वर्ष तरकारी खेतीसँगै ब्रोइलर कुखुरा पाल्दै आउनुभएकामा पछिल्लो समय ब्रोइलर छाडेर अण्डा दिने लेयर्स जातको कुखुरा पाल्दै आएका छन् भने पछिल्लो समय फस्टाउँदै गएको बट्टाई चरा, बङ्गुर र टर्कीसमेत पाल्दै आएको तिलिजा मगरले बताए । “वैदेशिक रोजगारीमा जान धेरै समय खेर फालिएको रहेछ, सुरुबाटै कृषिमा लागेको भए कहाँ पुगिन्थ्यो होला ? जे होस्, अहिले राम्रै कमाइ भइरहेको छ, आफ्नै परिवारको साथमा बसेर कृषि तथा पशुपालनमा रमाइरहेको छु”, उनले भने, “अहिले किन विदेश जान खोजे हुँला जस्तो लाग्छ, मैले सुरुमा ब्रोइलर कुखुरा पालेर व्यवसाय सुरु गरेको भए पनि अहिले बहु आयामिक बनाउँदै लगेको छु, बेमौसमी गोलभेँडा मेरो फार्मको मुख्य आम्दानीको स्रोत हो भने अण्डा, टर्की, बट्टाई पालनसमेत गर्दै आएको छु, अहिले आएर बङ्गुर पालनसमेत सुरु गरेको छु ।”

उनको कृषि तथा पशुपालनमा श्रीमती लक्ष्मी तिलिजाले समेत सघाउँदै आएकी छन् । उनको फार्ममा अहिले १०० अण्डा दिने लोकल कुखुरा, २५० बट्टाई चरा, छ टर्की चरा र १४ बङ्गुर रहेका छन् भने दुई रोपनी क्षेत्रफलमा तरकारी खेती दुई वटा आधुनिक टनेल रहेको लक्ष्मी बताउँछिन् ।

“तीन रोपनी जग्गाको भाडा वार्षिक रु ३५ हजार तिर्दै आएका छौँ, फार्म आफैँले विस्तार गरेका हौँ, कुनै महिना राम्रो आम्दानी हुन्छ, कहिले हुँदैन”, लक्ष्मीले भनिन् “आफ्नो खायो, आफ्नै काम ग¥यो, आनन्दको जीवन बिताउन पाइयो, अहिले गोलभेँडा गरेर दुई आधुनिक प्लाष्टिक टनेल खाली गर्ने अवस्थामा पुगेका छौँ, वार्षिक रु आठ÷दश लाखको कारोबार गरिएकै हुन्छौँ”, तिलिजा दम्पतीले लक्ष्मी कृषि तथा पोल्टी फार्म दर्ता गरेरै व्यावसायिक कृषि तथा पशुपालन सुरु गरेका छन् । उनीहरूले फार्म सञ्चालनमा रोग व्याधिका लागि प्राविधिक सल्लाह नपाएको समेत गुनासो गरे ।

कृषि ज्ञान केन्द्रले रु एक लाख ५० हजार अनुदान दिइसकेको बताउँदै थापा दम्पतीले बेलाबेलामा प्राविधिक ज्ञान नपाउँदा कुखुरा र टर्कीमा रोगको प्रकोप आएको बताउँछन् । “टर्की पालनमा अलि समस्या रहेछ, टर्कीलाई फरक खालको रोग लाग्दो रहेछ, यो अलि बुझिएन, ५० टर्की पाल्दै आएकामा अहिले छ वटामा सीमित छ, केही टर्की रोगका कारण मरेका छन्”, दुर्गाले भने, “विदेश जाने सपना त देखियो, विदेश देख्न पाइएन तर साथीभाइको सुख दुःख सुनिएकै छ, अहिले नेपालमै केही गर्न थालेपछि धेरै सन्तुष्टि मिलेको छ, अब बागलुङमा बङ्गुरको मासुको अत्यधिक माग भएकाले बङ्गुर फार्म विस्तारमा लागिरहेको छु, अहिलेसम्म करिब रु १५ लाखको लगानी भइसकेको छ ।”

मगर दम्पतीले कृषिमा बिचौलियाको अन्त्य गर्नुपर्छ भन्दै आफैँले उपभोक्तासमक्ष पु¥याउने गरेको बताए। बिचौलियाले सस्तोमा खरिद गरी महँगोमा बेच्दा असली किसान र उपभोक्ता दुवै मारमा पर्दै आएकाले स्कुटरमा दैनिक आफूले उत्पादन गरेको अण्डा, मासु, तरकारी आफैँले बागलुङ, कुश्मा तथा म्याग्दीको बजारमा पु¥याउने गरेको उनको भनाइ छ । बर्खायाममा दाना ढुवानीमा आफूहरूलाई समस्या भएको भन्दै सडकको सुधार गर्नुपर्ने उनको माग छ । दक्षिण जोड्ने पुलमा बाढीले क्षति पु¥याउँदा दाना ढुवानी नभएका कारण घाँस खुवाएर कुखुरा बचाएको उनको भनाइ छ । “किसानले मेहेनत गरेर उब्जाएको तरकारी र पशुजन्य वस्तु बिचौलियाले धेरै नाफा कमाएको आफूले महसुस गरेको थिएँ”, उनले भने, “त्यसैले स्कुटर किनेर आफैँ बजार लैजाँदा बढी फाइदा कमाउन सकेको छु, बिचौलियाको अन्त्य गर्न सके आफूजस्ता किसानलाई सहज हुनेछ ।” सरकारले सस्तोमा ऋण सुविधा दिएमा लगानी थप्न निकै सहज हुने उहाँको भनाइ छ ।

भकुण्डेको फेदमा रहेको दब्ल्याङ कृषि कर्मका लागि निकै उर्वर भूमि मानिन्छ । त्यस क्षेत्रमा अन्य स्थानका मानिस आएर व्यावसायिक कृषि तथा पशुपालन गर्दै आएका छन् । नेपालमै कृषि गर्ने सोच बनाएका थापा दम्पती लगानी गर्ने स्थान खोज्दै दब्ल्याङ पुगेको बताउनुहुन्छ । तिलिजा दम्पतीको मेहेनत एउटा उदाहरण मात्रै हो । तर सुरुमै विदेश मोह त्यागेर व्यवसायमा लागको भए अझै सफलता प्राप्त गर्न सकिन्थ्यो भन्ने उहाँहरूको भनाइ छ ।

Advertisement

दब्ल्याङमा थापा दम्पती जस्ता १० जना कृषकले व्यावसायिक कृषि तथा पशुपालन गर्दै आएका छन् । दब्ल्याङकै सरिता थापाले बङ्गुर तथा कुखुरा पालन गर्दै आएकी छन् भने भर्खरै भकुण्डेका बबिन थापाले माछा र बङ्गुर पालन र धम्जाका दुर्गा श्रीष र अनिस श्रीष दाजुभाइले बङ्गुर पालन सुरु गरेका छन् । उक्त स्थान कृषिको हब बन्दै आएको छ । काली गण्डकी किनारामा रहेको यस क्षेत्रमा रहेको हावापानी सुहाउँदो कुखुरा, माछा तथा बङ्गुर पालन निकै फस्टाउँदै आएको किसान बताउँछन् ।रासस

भर्खरको समाचार

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

इरान युद्धमा एक्लिदै ट्रम्प,अमेरिकी नौसेना प्रमुखको राजीनामा, मृत्युदण्ड रोकियो

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

शनिबारदेखि आइतबारसम्ममा थापाथलीको सुकुम्बासी बस्ती खाली हुने

675179624_957832480170103_1281439396769404877_n

नेता र कर्मचारीको सम्पत्ति जाँचबुझ सुरु,एक वर्षको म्याद, उजुरी दिन सक्ने

1d2d790d-b734-4d90-9100-6c1fa4200379

सुधन गुरुङले देखाए नैतिकता, आरोपकै कारण दिए राजीनामा

sudhangurung30320261029351000x0-1775222839

सम्बन्धित खबरहरु

Scroll to Top