ब्राउनसुगरसहित दुई जना पक्राउ

२८ भदौ ७८, मंगलबार

२९ भदाै, झापा ।

Advertisement

झापाको बिर्तामोड-३ बाट लागुऔषध ब्राउनसुगरसहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ पथरी-२ का ३४ बर्षीय भिमराज राई र पथरी-१ का ३२ बर्षीय अनुप सुब्बा लिम्बु रहेका छन् ।

साेमबार राती साढे ९ बजे को २७ प ८६७४ नम्बरको मोटरसाईकललाई ईलाका प्रहरी कार्यालय अनारमनिबाट खिटएको प्रहरी टोलीले नियन्त्रणमा लिई चेकजाँच गर्दा चालक राईको साथबाट २३ ग्राम ब्राउनसुगर फेला पारी बरामद गरेको हो ।

Advertisement

पक्राउ परेका राईमाथि थप अनुसन्धान गर्ने क्रममा ब्राउनसुगर ओसारपसारमा लिम्बु समेतको संलग्नता पाईएकोले उनलाई पनि पक्राउ गरी दुबै जनामाथि थप अनुसन्धान तथा कानुनी कारबाही अघि बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top