६० वर्षअघि चोरिएको पाटनको उमामहेश्वर मूर्ति अमेरिकाबाट नेपाल ल्याइँदै

 २९ भदौ, काठमाडौं ।

करिब ६० वर्षअघि काठमाडौंबाट चोरी भएर अमेरिकामा अवैध रुपमा बेचिएको दशौं शताब्दीतिरको उमा–महेश्वर मूर्ति अमेरिकाले नेपाललाई हस्तान्तरण गरेको छ । साेमबार अमेरिकाको कोलोराडोस्थित डेनभर आर्ट म्युजियमले अमेरिकास्थित नेपाली राजदूतावासलाई उमा महेश्वरको मूर्ति हस्तान्तरण गरेको हो ।

उक्त म्युजियमको टोलीले अमेरिकास्थित नेपाली राजदूत डा. युवराज खतिवडालाई मूर्ति हस्तान्तरण गरेको हो । यो मूर्ति ललितपुरको पाटनबाट ६० वर्षअघि चोरी भएको लैनसिंह बाङ्देलले लेखेको पुस्तक ‘स्टोलन इमेजेज् अफ नेपाल’ उल्लेख छ । यो मूर्ति सन् १९६० को मध्यतिर चोरी भएको उनले पुस्तकमा लेखेका छन् ।

यो मूर्ति इडविन एफ उलमन दम्पतीले सन् १९८० मा म्युजियमलाई उपहारस्वरुप दिएका थिए । यो मूर्ति त्यसयता उक्त म्युजियममै प्रदर्शनीमा राखिँदै आएको थियो । यो मूर्ति उलमन दम्पतीले सन् १९६८ मा भारतको राजधानी नयाँ दिल्लीबाट किनेका थिए ।

अन्य कयौं मूर्ति संकलन गरेका उनीहरुले उमा–महेश्वरको मूर्ति भने म्युजियमलाई उपहारस्वरुप प्रदान गरेका थिए ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top