×

NEPAL TIMES UPDATES

Playing
बालेन सरकारले ऋण काँढेपछि तातिए प्रतिपक्षी || Nepal Times
Apr 06, 2026
Playing
सर्वाेच्चले भन्यो ओली–लेखकलाई म्याद नथप्नु, बन्दी प्रत्यक्षीकरण रिट खारेज || Nepal Times
Apr 06, 2026
Playing
Watch Top50 News Of The Day || Chaitra-23-2082 || Nepal Times
Apr 06, 2026
Playing
फेवातालको जग्गा अध्ययन गर्न बन्यो समिति,७ दिनभित्र प्रतिवेदन || Nepal Times
Apr 06, 2026
Playing
इरानी धम्कीपछि व्हाइट हाउसमा ट्रम्पकै अघि फा य रिंग, अलर्टमा सिक्रेट सर्भिस || Nepal Times
Apr 06, 2026
Playing
नेपाल–चीन सम्बन्धमा सरकारको सन्तुलनमाथि संसदमा प्रश्न || Nepal Times
Apr 06, 2026
Playing
सबै श्रमिकलाई न्यूनतम तलब दिलाउन जुट्यो बालेन सरकार, दियो यस्तो निर्देशन || Nepal Times
Apr 06, 2026
Playing
धरपकडले थर्किएको सेयर बजारलाई अर्थमन्त्रीले काँध हाले || Nepal Times
Apr 06, 2026
Playing
तीन अध्यादेश स्वीकृत, दुई समिति गठन,सभामुखको सम्बोधन || Nepal Times
Apr 06, 2026
Playing
World News: होर्मुज खोल्न मंगलबार रातिसम्मको समय, नत्र नर्कको बास ! || Nepal Times
Apr 06, 2026

सबैभन्दा बढी चढ्ने मोटरसाइकलमै कर बढ्यो

३० भाद्र २०७८

काठमाडौं : सरकारले मध्यमवर्गीय नेपालीहरूले सबैभन्दा बढी चढ्ने १२५ देखि २५० सिसीसम्मका मोटरसाइकलमा कर बढाइदिएको छ । अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकलमा अन्तःशुल्क र सडक दस्तुर बढाउँदा सर्वसाधारणले सबैभन्दा बढी रुचाएका १५० देखि १६० सिसीका मोटरसाइकलको भाउ १५ देखि २० हजार रुपैयाँले बढ्नेछ ।

नेपालमा १५०–१५५ सिसीका मोटरसाइकल सबैभन्दा बढी बिक्री हुन्छन् । भन्सार विभागको तथ्यांकअनुसार गत आर्थिक वर्ष ०७७/७८ मा १०० सिसीदेखि २५० सिसीसम्मका दुई लाख १३ हजार एक सय ४४ मोटरसाइकल आयात भएकोमा १२६–१५५ सिसीका मोटरसाइकल ८५ हजार आयात भएका थिए । यो ४० प्रतिशत हिस्सा हो । यसअघि यो सेग्मेन्टमा ४० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा त्यसलाई १० प्रतिशतले बढाएर ५० प्रतिशत पुर्‍याइएको छ ।

Advertisement

त्यस्तै, सडक दस्तुर यसअघि १५ हजार रुपैयाँ लाग्दै आएकोमा त्यसलाई १८ हजार रुपैयाँ बनाइएको छ । त्यस्तै, १०० सिसीदेखि १२५ सिसीसम्मका ६० हजार आठ सय ८७ मोटरसाइकल आयात भएका छन्, जुन २९ प्रतिशत हुन आउँछ । १५६ सिसीदेखि २५० सिसीसम्मका मोटरसाइकल ६७ हजार दुई सय ४० थान आयात भएको देखिन्छ, जुन ३२ प्रतिशत हुन आउँछ । यो सेग्मेन्टमा पनि २०० देखि २५० सिसीसम्मका बाइकमा यसअघि ५० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा त्यसलाई ६० प्रतिशत पुर्‍याइएको छ । यसरी नेपालमा खपत हुने दुईतिहाइभन्दा बढी मोटरसाइकलको भाउ बढाउने निर्णय सरकारले गरेको छ ।

अघिल्ला वर्षहरूमा आयात भएका मोटरसाइकलमा पनि १२६ सिसीदेखि १५५ सिसीको बाहुल्यता बढी देखिन्छ । आव ०७५/७६ मा १०० सिसीदेखि २५० सिसीसम्म आयात भएका एक लाख ७८ हजार पाँच सय ७३ मोटरसाइकलमध्ये १२६ सिसीदेखि १५५ सिसीसम्मका मोटरसाइकल ७७ हजार नौ सय २७ थान थिए, जुन ४४ प्रतिशत हिस्सा हुन आउँछ । १०० सिसीदेखि १२५ सिसीसम्मका ५८ हजार नौ सय ६५ थान र १५६ सिसीदेखि २५० सिसीसम्मका ४१ हजार ६ सय ८१ थान आयात भएका थिए । आव ०७६/७७ मा आयात भएका १०० सिसीदेखि २५५ सिसीसम्मका मोटरसाइकलमा पनि १२६ सिसीदेखि १५५ सिसीसम्मका मोटरसाइकलको हिस्सा बढी देखिन्छ ।

नेपालको सहरदेखि दूरदराजका गाउँहरूसम्म १५० सिसीका मोटरसाइकल सर्वसाधारणको सवारीका माध्यम बन्ने गरेका छन् । पछिल्लो समय पहाडी भेगमा सबैभन्दा मध्यमवर्गको भरपर्दो साधन भनेकै यही सेगमेन्टका मोटरसाइकल हुन् । त्यसैले पनि नेपाली ग्राहकमाझ १२५ देखि १५५ सिसीसम्मका मोटरसाइकल अत्यधिक लोकप्रिय छन् । सवारीसाधन सबैभन्दा बढी बिक्री हुने सिजन दसैँ–तिहारको मुखमा अन्तःशुल्क र सडक दस्तुर बढेपछि मोटरसाइकल किन्ने प्रतीक्षामा रहेका उपभोक्ता महँगो मूल्य तिर्न बाध्य हुने भएका छन् ।

सरकारले सडक दस्तुर बढाउँदा पनि १२५ देखि १५५ सिसीसम्मका मोटरसाइकल तथा स्कुटरलाई टार्गेट गरिएको छ । यो सेगमेन्टमा प्रतिमोटरसाइकल तीन हजार रुपैयाँ सडक दस्तुर बढाएर १८ हजार बनाएको छ । यसअघि १५५ सिसीसम्मका मोटरसाइकल तथा स्कुटरमा १५ हजार रुपैयाँ सडक दस्तुर लाग्थ्यो । अर्थमन्त्री शर्माले ५० देखि १२५ सिसी, १५५ देखि २०० सिसी, २०० देखि २५० सिसी, २५० देखि ४०० सिसी र ४०० सिसीभन्दा माथिका मोटरसाइकलमा लाग्ने सडक दस्तुरमा कुनै परिवर्तन गरेका छैनन् । यसले पनि सबैभन्दा बढी बिक्री हुने मोटरसाइकलमा कर बढाउन चलखेल भएको हुन सक्ने अनुमान गरिएको छ ।

यसअघि २०० सिसीदेखि २५० सिसीसम्मका मोटरसाइकलमा ५० प्रतिशत अन्तःशुल्क लाग्ने गरेकोमा अहिले १० प्रतिशत बढाएर ६० प्रतिशत पुर्‍याइएको छ । यस्तै, ५०० सिसी नाघेका, तर ८०० सिसी ननाघेका मोटरसाइकलमा ८० प्रतिशत अन्तःशुल्क लाग्दै आएकोमा नयाँ व्यवस्थाले १०० प्रतिशत पु¥याइदिएको छ । ८०० सिसीभन्दा माथिका मोटरसाइकलमा अन्तःशुल्क १०० प्रतिशत यथावत् राखिएको छ ।

Advertisement

आइतबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले मोटरसाइकलसमेत विद्युतीय होऊन् भन्ने अभिप्रायले मोटरसाइकलमा कर बढाएको दाबी गरे । तर, नेपालमा ब्याट्रीबाट चल्ने स्कुटर धेरथोर बिक्री भए पनि विद्युतीय मोटरसाइकल अझै प्रयोगमा आइसकेका छैनन् ।,याे समाचार नयाँ पत्रिका दैनिकमा छापिएकाे छ ।

भर्खरको समाचार

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

प्रहरीले ’हाइप्रोफाइल’लाई किन लगाउँदैन हतकडी ?के छ कानून ?

arrest1658975280

फेवातालको जग्गामा आफै ठगिए गृहमन्त्री ! कानुनी उपचारमा जाने

Sudhan Gurung Grihamantri_NPL (3)

सरकारी कार्यालय ९ बजे खुले, बैंकहरू पनि हप्तामा २ दिन बन्द

666875080_946650761288275_1255168760803768567_n

संसद्को दुवै सदनको बैठक आज: के छ कार्यसूची ? आजै सर्वदलीय बैठक

नवनियुक्त प्रधानमन्त्री शाह 
काठमाडौँ, १३ चैतः नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा पदभार ग्रहणपश्चात् आयोजित कार्यक्रममा । तस्बिरः किरणराज विष्ट÷रासस

ट्रम्पको गर्जनः इरानलाई ध्वस्त पार्ने अनि तेल कब्जा गर्ने

donald_trump

नोबेलमा एपिलेप्सी सर्जरीसम्बन्धी चौथो एनआइएनएस सिम्पोजियम सम्पन्न

WhatsApp_Image_2026-04-05_at_11.31.20_AM

ट्रम्पका लागि दीर्घ रोग बन्यो इरानयुद्ध,४८ घण्टा निर्णायक

2025-12-18T022330Z_1231483362_RC2QIIA731CX_RTRMADP_3_USA-TRUMP-1766045018

सम्बन्धित खबरहरु

Scroll to Top