माधव नेपालको पार्टीले एक सिट पनि जित्दैन : विष्णु पौडेल

३० भदाै, काठमाडौँ ।

नेकपा एमालेका उपमहासचिव विष्णु पौडेलले निर्वाचनपछि एमालेको तागत देखिने चेतावनी दिएका छन् ।

बुटवलमा बुधबार भएको एमाले कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो बताएका हुन् । उनले भने ‘हामी छिटो भन्दा छिटो जनतामा जान्छौँ जनताको मन जित्छौँ । र सरकारको नेतृत्व गर्छौँ ।’

एमालेबाट छुटिएका माधव नेपालप्रति लक्षित गर्दै उनले पार्टी फुटेको नभएर स्वार्थी तत्वहरु अलग्गिएको बताए । उनले माधव नेपालको पार्टीले चुनावमा एक सिट पनि नजित्ने दाबी समेत गरे । उनले भने ‘५४ सालमा पनि एमाले टुक्रिएको थियो । त्यसछपछिको चुनामा तत्कालीन मालेले एक सिट पनि जितेन । अहिले उनीहरु स्वार्थ र ईर्श्याका कारण अलग्गिएका हुन् । अहिले पनि उनीहरुले एक सिट पनि जित्दैनन् ।’

तर नेकपा एमालेले कहिल्यै बाटो नबिराउने भन्दै आगामी निर्वाचनमा बहुमतले विजयी हुने ठोकुवा गरे । यस्तै नेता पौडेलले वर्तमान सरकारबारे केही पनि गर्न नसकेको बताए । ‘दुई महिना भइसक्यो अहिलेसम्म यो सरकारले मन्त्रिपरिषदलाई पूर्णता दिएको छैन । सरकार बेखबर छ’ उनले भने ।

सत्ता पक्षको गठबन्धनप्रति व्यंग्य गर्दै उनले प्रतिपक्षका विरुद्ध बनेको गठबन्धन दिगो नभएको तर्क गरेका थिए । अरु सबै दल एकातिर र एमाले एक्लै एकतिर उभिएको उनको भनाइ थियो । एमाले एक्लै भए पनि अरु सबैभन्दा बलियो भएको उनले जिकिर गरे ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top