अवैध रुपमा गिट्टी ढुवानी गर्ने टिपर नियन्त्रणमा

अवैध रुपमा गिट्टी ढुवानी गर्ने टिपर नियन्त्रणमा

विराटनगर,असार ३२

मोरङको सुन्दरहरैचा नगरपालिका ७ बेलाछीबाट प्रहरीले अवैध रुपमा गिट्टी ढुवानी गर्ने दुई वटा टिपरलाई नियन्त्रणमा लिएको छ।

प्रहरी चौकी गछियाबाट खटिएको टोलीले भ्याट बिल लगायतका आवश्यक कागजपत्र नबोकी गिट्टी ढुवानी गर्दै गरेको अवस्थामा ना ६ ख ६०२ र को १ ख ५७२४ नम्बरको टिपरलाई आइतबार बिहान नियन्त्रणमा लिएको हो।

बरामद सवारी साधनहरु आवश्यक कारवाहीका लागी सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.