विराटनगर,असार ३२
मोरङको सुन्दरहरैचा नगरपालिका ७ बेलाछीबाट प्रहरीले अवैध रुपमा गिट्टी ढुवानी गर्ने दुई वटा टिपरलाई नियन्त्रणमा लिएको छ।
प्रहरी चौकी गछियाबाट खटिएको टोलीले भ्याट बिल लगायतका आवश्यक कागजपत्र नबोकी गिट्टी ढुवानी गर्दै गरेको अवस्थामा ना ६ ख ६०२ र को १ ख ५७२४ नम्बरको टिपरलाई आइतबार बिहान नियन्त्रणमा लिएको हो।
बरामद सवारी साधनहरु आवश्यक कारवाहीका लागी सम्बन्धित निकायमा बुझाइएको प्रहरीले जनाएको छ ।